निर्णय नं. १०५१३ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५१३ - कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०५/१५ ६९५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के. सी. फैसला मिति : २०७६।५।१५ मुद्दा : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग ०७२-CR-१४०९ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा गा. वि. स. ठोरी वडा नं. ४ घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेको वर्ष ३० को दिलबहादुर लामा मोक्तान विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझी पौडेलको जाहेरीले नेपाल सरकार ०७२-CR-१४२७ पुनरावेदक / वादी : प्र.स.नी. सन्तबहादुर थापाको प्रतिवेदन, कारागार कार्यालय चितवनको पत्र तथा जिल्ला चितवन भरतपुर न.पा. वडा नं. १० बस्ने बिनु रायमाझी पौडेलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : वीरबहादुर गुरूङको छोरा जिल्ला गोरखा फुजेल गा.वि.स. वडा नं.२ पुरानो गाउँ घर भई हाल हिमनाथ घिमिरेको जाहेरीले वादी नेपाल सरकार भएको खुनडाँका मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका सुनिल गुरूङसमेत ०७२-CR-१५१७ पुनरावेदक / प्रतिवादी : चितवन जिल्ला शारदानगर गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, त्रिपुरेश्वर काठमाडौंअन्तर्गत सेन्टरमा थुनामा रहेको वर्ष २२ को अमिर गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१५३८ पुनरावेदक / प्रतिवादी : नरबहादुर गुरूङको छोरा जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. १० चौबिसकोठी घर भई हाल कारागार भिमफेदी मकवानपुरमा थुनामा रहेको वर्ष ३२ को शरणकुमार गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१६०१ पुनरावेदक / प्रतिवादी : इन्द्रलाल श्रेष्ठको छोरा चितवन जिल्ला भरतपुर न.पा. वडा नं. १२ जागृतीचोक घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा बस्ने वर्ष ३० को सुरज श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१७८३ पुनरावेदक / प्रतिवादी : शंकरबहादुर के.सी. को छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ घर भई हाल कारागार शाखा झुम्का सुनसरीमा थुनामा रहेका वर्ष ३० को सुनिल के.सी. विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१७८४ पुनरावेदक / प्रतिवादी : दिलबहादुर श्रेष्ठको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ घर भई हाल कारागार शाखा झुम्का सुनसरीमा थुनामा रहेका फणिन्द्र श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७२-CR-१८७० पुनरावेदक / प्रतिवादी : चितवन जिल्ला चैनपुर गा.वि.स. वडा नं. ४ घर भई हाल क्षेत्रीय कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेको ज्ञानबहादुर राईको छोरा वर्ष २२ को सोचेन्द्र राई विरूद्ध प्रत्यर्थी / वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार ०७३-RC-०१७४ वादी : बिनु रायमाझीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : वीरबहादुर गुरूङको छोरा जिल्ला गोरखा फुजेल गा.वि.स. वडा नं. २ घर भई हाल केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका सुनिल गुरूङसमेत अन्यथा प्रमाणित नभएको अवस्थामा अनुसन्धानको क्रममा भएको बयानलाई प्रमाणमा लिन मिल्ने देखिन्छ । अनुसन्धानको क्रममा भएको बयान निरपेक्ष रूपले जुनसुकै अवस्थामा प्रमाणमा ग्राह्य नहुने भनी अर्थ गर्न नमिल्ने । (