निर्णय नं. ४४१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४१९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०५ २४२१ निर्णय नं. ४४१९ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादर सिंह २०४७ सालको रिट नं. १२६५ आदेश भएको मिति: २०४८।११।५।२ मा रिट निवेदक: जि.महोत्तरी गा.पं. अन्कार वा.नं. ७ बस्ने अच्छेलाल राय यादव विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने रामेश्वर राय यादवसमेत विषय : उत्प्रेषण (१) वडा नं. ७ मा जग्गा रहेको देखिएको र वडा नं. ६ मा २ नं. अनुसूची प्रकाशित भएको देखिन आयो, यस स्थितिमा सर्वोच्च अदालतले कायम गरेको नजीरको विपरीत गरी भू.सु.का.ले मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी निर्णय गरेकोमा मोही प्रमाणपत्र दिन पर्ने भनी अञ्चल अदालतले गरेको फैसलालाई क्षेत्रीय अदालतले सदर गर्ने गरेको फैसला त्रुटिपूर्ण देखिँदा क्षेत्रीय अदालतको फैसला र अञ्चल अदालतको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. जि. महोत्तरी अन्कार गा.पं. वडा नं. ७ मा आफैंले जोत भोग गरी आएको मेरो ४–१५–६ जग्गा थियो । २०२२।८।१ गते महोत्तरी जिल्लामा भू.सु. लागू भई भू.सु. टोली मेरो वार्डमा जाँदा मैले १ नं. फाराम मिति २०२३।४।३०।१ मा भराएँ । मिति २०२३।९।१४ मा ४–१५–६ जग्गाको ४ नं. जो.अ.नि. प्राप्त गरँे । विपक्षी समेत कसैलाई मोहियानीमा जोत्न दिएको थिएन । मेरो नाउँमा २ नं. अनुसूची प्रकाशित हुँदा विपक्षी समेत कसैले उजूर गरेन । विपक्षीको सर्भे नापीमा फिल्डबूकमा किसानको महलमा न त विपक्षीको नाम उल्लेख छ न त २०२३ सालमा ४ नं. जो.अ.नि. नै लिनु भएको थियो । ३. विपक्षीका काका कारी राय यादव समेतले २०२४ सालको बाली देखि जग्गा धनी अच्छेलाल राय यादव समेतले जग्गा मोहीमा जोती आएकोले अस्थायी निस्सा दिलाई मोही हक कायम गरी पाउँ भनी उजूर (साविक पेज नं. ७७१) गर्दा २०२६।१।११ गतेमा भएको फैसलाको आधारमा वादीहरुले अनुसूची १ भराई ४ नं. जो.अ.नि. लिनु भएको रहेछ । जग्गा वडा नं. ७ मा भए पनि २ नं. अनुसूची ६ नं. वडामा प्रकाशित भएकोले कारी राय यादवको मिलेमतोबाट म अच्छेलालको आठ कठ्ठा जग्गा मोहियानीमा जोतेको भनी १ नं. अनुसूची भराउनु भएको देखिन्छ । प्रस्तुत मुद्दा परेपछि मात्र मैले थाहा पाएको हुँ । ४. मेरो ज.वि. ०–८–० जग्गा भू.सु. कार्यक्रम लागू अघि बटैयामा जोती कमाई आएको र भू.सु. कार्यक्रम लागू हुँदा उक्त जग्गाको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएकै आधारमा ४ नं. जो.अ.नि. प्राप्त गरी मोही भई जोती आएको छु । उक्त जग्गा अन्कार गा.पं. वडा नं. ७ कि.नं. १६१ मा ज.वि. ०–७–२–१२ कायम नापी नक्सा भएको छ । जग्गाको कुत सालबसाली माघ मसान्त भित्रै बुझाई आइरहेछु । मोहियानी हकको स्थायी प्रमाणपत्र पाउन विपक्षीले २०४४।७।१६ गते भू.सु.कार्यालय महोत्तरीमा निवेदन दिंदा विपक्षी मेरो मोही होइन कि.नं. १६१ को जग्गा मेरो जोतभोगमा छ भन्ने मेरो प्रतिउत्तर परेकोमा मिति ०४५।१।१३ मा वादीलाई मोही प्रमाणपत्र दिन मिल्दैन । वादी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भू.सु. कार्यालयबाट फैसला भयो । सो फैसला उपर पुनरावेदन पर्दा उक्त जग्गाको मोहियानी प्रमाण