निर्णय नं. १०५१४ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५१४ - बैंकिङ कसुर भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०७/०४ ३२७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।७।४ ०७५-RB-०५७६ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : जिल्ला बझाङ, कोइरालकोट गाउँ विकास समिति वडा नं.८ थलारा घर भई हाल जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं.४ बसपार्क बस्ने काशीराम उपाध्यायको छोरा गोविन्द उपाध्याय विरूद्ध प्रत्यर्थी / वादी : नेपाल इन्भेष्टमेन्ट बैंक लि. धनगढी शाखाको पत्र जाहेरीले नेपाल सरकार अनुसन्धानको सिलसिलामा कुनै एक कसुरमा तहकिकात आरम्भ भएको तर अनुसन्धान तहकिकात गर्दै जाँदा अर्को कसुर हो भन्‍ने देखिएको अवस्थामा सफाइको मौका दिई आवश्यकताअनुसार थप प्रमाण सङ्कलन गरी सुरूमा आरम्भ गरेको अनुसन्धान तहकिकातभन्दा फरक कसुरमा अभियोजन गर्न प्रचलित नेपाल कानूनले बन्देज लगाएको नदेखिएकोले चोरीको रोहबाट अनुसन्धान आरम्भ भई बैङ्किङ कसुरतर्फ थप अनुसन्धान गरी सोही विषयमा अभियोग लगाउने कार्यलाई अन्यथा भन्‍न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादी : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद सुवेदी प्रत्यर्थी / वादी : अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड यस शाखाले सञ्चालन गरेको ATM बाट मिति २०७३।१०।२९ गते ग्राहकले रूपैयाँ नआएको गुनासो गरेपछि ATM मा हेर्दा रू. १०००।– दरका नोट रू. २३,४४,०००।– चोरी भएको थाहा पाई आन्तरिक छानबिन हुँदा मिति २०७३।१०।२८ गते प्रतिवादी गोविन्द उपाध्याय बैंक बन्द भएपश्चात् झोला छुटेको बहानामा बैंकमा छिरेको, सो समयमा सि.सि.टि.भि. फुटेजसमेत बन्द गरेको पाइएको हुँदा निजले नै रूपैयाँ चोरी गरेको प्रस्ट हुन आएकोले कानूनबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको नेपाल इन्भेष्टमेन्ट बैंक लि. धनगढी शाखाको पत्र जाहेरी । जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित पूर्वमा यज्ञराज भण्डारीको पक्की घर, पश्चिममा दिनेश फर्निचर उद्योग, उत्तरमा धनगढी बजारको मूल सडकखण्ड, उत्तरमा खाली जमिन यति चार किल्लाभित्र रहेको नरेन्द्रबहादुर शाहको ३ तले घरको भुइँ तला भाडामा लिई नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखा सञ्चालनमा रही आएको, सो शाखाको पश्चिमपट्टि ग्राहकले रूपैयाँ झिक्ने भाग बाहिरपट्टि र लकरको भाग बैंकको भित्रपट्टि रहेको, सोही लकरको पासवर्ड प्रयोग गरी मिति २०७३।१०।२८ गते रू. २३,४४,०००।– चोरी भएको भनिएको स्थानको चार किल्लासहितको घटनास्थल मुचुल्का । म विगत ३ वर्षदेखि इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा काम गर्दै आएको छु, म बस्ने काउन्टर र ए.टि.एम. को लकर सामुन्य रहेको छ, ए.टि.एम.मा पैसा राख्दा मैले हेरिरहने भई सो रूपैयाँ चोरी गर्ने योजना पहिलेदेखि बनाई आएको थिए । सोही योजनाका साथ बैंक ए.टि.एम. को लक (पासवर्ड) राख्‍ने अधिकार पाएकाले पासवर्ड प्रयोग गरी पैसा राख्दा लक (पासवर्ड) याद गरी र