निर्णय नं. १०५१६ - निषेधाज्ञा / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५१६ - निषेधाज्ञा / परमादेश भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०८/०८ २०८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।८।८ ०७१-CI-१११६ मुद्दा:- निषेधाज्ञा / परमादेश पुनरावेदक / लिखित जवाफकर्ता : जिल्ला पर्सा, गा.वि.स. बिजबनिया वडा नं. ३ स्थित श्री नेपाल राष्‍ट्रिय निम्न माध्यमिक विद्यालयसमेत विरूद्ध प्रत्यर्थी / निवेदिका : जिल्ला पर्सा, गा.वि.स. बिजबनिया वडा नं. ३ मा घर भई हाल जिल्ला पर्सास्थित श्री नेपाल राष्‍ट्रिय निम्न माध्यमिक विद्यालय, बिजबनियाको स्थायी प्राथमिक शिक्षक असमुन्‍ना खातुन शिक्षा ऐन तथा शिक्षा नियमावली, २०५९ को दफा ३० ले अधिकार प्रदान नै नगरेको विषयमा अभिभावक भेलाको सर्वसम्मत निर्णय आधार देखाई शिक्षक सेवा आयोगको सिफारिसबमोजिम स्थायी नियुक्ति प्राप्‍त शिक्षकलाई पटकपटक हाजिर हुन जाँदा विद्यालयमा हाजिर नगराई फर्काउने कार्य कानूनसम्मत नदेखिने । (प्रकरण नं.३) पुनरावेदकका तर्फबाट : निवेदिकाका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री कुलरत्‍न भुर्तेल माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य पुनरावेदन अदालत हेटौंडा आदेश न्या.मीरा खडका : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड पर्सा जिल्ला, गा.वि.स. बिजबनिया वडा नं. ३ स्थित श्री नेपाल राष्‍ट्रिय निम्न माध्यमिक विद्यालय बिजबनिया शिक्षा ऐनद्वारा वर्णित एक सामुदायिक विद्यालय हो । उक्त विद्यालयको रिक्त रहेको प्राथमिक शिक्षक पदमा शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरको च.नं. १५०२, मिति २०७१।३।२४ को सिफारिसअनुसार विपक्षी जिल्ला शिक्षा कार्यालय, पर्साबाट शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद १७ नियम ९५ बमोजिम मैले स्थायी नियुक्ति पत्रसमेत मिति २०७१।६।६ मा बुझिसकेको छु । उक्त नियुक्तिपत्र लिई मिति २०७१।६।७ गते विपक्षी विद्यालयमा हाजिर हुन जाँदा विपक्षी प्रधानाध्यापकले मलाई शिक्षक हाजिरी कापीमा हाजिर नगराई जिल्ला शिक्षा कार्यालय, पर्सामा जानु भनी फिर्ता पठाई दिएबाट मैले मिति २०७१।६।८ मा विपक्षी जिल्ला शिक्षा कार्यालय, पर्सामा सो बेहोरा लिखित जानकारी गराएको हुँ । जिल्ला शिक्षा कार्यालयले तोकिएको विद्यालयमा नै हाजिर हुन जानु भनेकोले पुनः मिति २०७१।६।२४ गते विपक्षी विद्यालयमा स्थायी नियुक्ति पत्रसहित हाजिर हुन जाँदा विद्यालयका प्रधानाध्यापकले उक्त स्थायी नियुक्ति पत्रको पछाडि हाजिर नगराउने बेहोरा जनाई दरपिठ गरी सो नियुक्ति पत्रसहित पुनः फिर्ता पठाई दिनुभयो । त्यसपछि मैले अन्य कुनै सहारा नपाई जिल्ला प्रशासन कार्यालय, पर्सामा गई हाजिर गराई पाउँ भन्‍नेबारे निवेदन दिएको थिएँ । जिल्ला प्रशासन कार्यालय, पर्साबाट हाजिर गराउने सम्बन्धमा च.नं. ७६०, मिति २०७१।६।२८ को पत्र विपक्षी जिल्ला शिक्षा कार्यालयमा पठाई विद्यालयमा जानु भनी मौखिक निर्देशन दिएको हुँदा मैले सोही दिन विद्यालयमा हाजिर हुन जाँदा विपक्षी प्रधानाध्यापकले झन् आक्रोषित भई विद्यालयमा हाजिर नगराउनेसमेतको ठाडो जवाफ दिई विद्यालय हाताभित्रबाट प्रवेशमा रोक लगाउनु भयो । मलाई जिल्ला शिक्षा कार्यालय, पर्साको पत्रानुसार विद्यालयमा हाजिर गराउने दायित्व शिक्षा नियमावली, २०५९ को नियम ९४ को देहाय (व) बमोजिम वि