निर्णय नं. १०५२० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५२० - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/११/०७ ७३३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।११।७ ०७५-CR-१६३६ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : संकेत नं.६३ झापा (ज) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बाँके, कोहलपुर नगरपालिका (साबिक वडा नं.४) वडा नं.१२ घर भई हाल जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.४ स्थित आयुष होटल एन्ड लज सञ्चालन गरी बस्ने प्रेमबहादुर खड्काको छोरा हेमराज भन्ने हिमराज खड्का स्वास्थ्य परीक्षण तथा अन्य सबुद प्रमाणबाट प्रमाणित नभएको तथा पीडित र जाहेरवाली दुवैजनाले अदालतमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्थामा वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा केवल किटानी जाहेरी दरखास्तको आधारमा मात्रै प्रतिवादीले आरोपित जबरजस्ती करणीको कसुर गरेका हुन् भनी विश्वास गर्न नसकिने । (प्रकरण नं.६) जबरजस्ती करणीको आरोपलाई हलुका तरिकाबाट हेर्न मिल्ने हुँदैन । यस्तो कार्यले गलत प्रवृत्ति पनि सिर्जना गर्ने हुन्छ । आरोपित व्यक्ति निर्दोष रहेको प्रमाणित भएको अवस्थामा निजको अमूल्य जीवनको लामो अवधि निष्क्रिय मात्र नभई प्रतिकूल परिस्थितिमा पुगेको अवस्थामा समय, सामाजिक व्यवहार र दृष्टिकोण एवं कतिपय वृत्ति विकासका सम्भावनामा अपूरणीय क्षति हुने हुन्छ । कुनै व्यक्तिगत रिस वा कसैको उक्साहटमा आरोप लगाएबापत कुनै जिम्मेवारी लिनु नपर्ने वा दायित्व बेहोर्नु नपर्ने प्रवृत्तिलाई निरूत्साहित गर्नु वाञ्छनीय देखिने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री उमेशप्रसाद लुइँटेल जाजरकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ उच्च अदालत सुर्खेत फैसला न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत सुर्खेतको मिति २०७५।८।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड म जाहेरवाला संकेत नं.६३ झापा "ज" को छोरी संकेत नं.६३ झापा “झ” पढ्न भनी खलंगा आई मितेरी नाताको नन्दे भाइ हेमराज खड्काले सञ्चालन गरेको आयुष होटल एण्ड लजमा बसी पढ्ने र सो होटलको कामकाजमा समेत सघाउँदै आएकोमा मिति २०७४।१०।१६ गते बिहान ९:०० बजे मेरो छोरी संकेत नं.६३ झापा "झ" ले फोन गरी फुपूले मलाई कुटेकी छन् भनी खबर गरेकोले म सोही बेलुका ५:०० बजे जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.४ गैरीखाली पुगी बुझ्दा पढ्नको लागि बसेकी मेरी छोरीलाई विपक्षी हेमराज खड्काले ललाइफकाई डर त्रास देखाई आफ्नो श्रीमती घरमा नभएको मौकामा पटक-पटक यौन शोषण गरेको र सो कुरा कोही कसैलाई भनेमा कि तँलाई मारिदिन्छु कि म मर्छु भनी डर त्रास देखाउने गरेका रहेछन् । सोही क्रममा मिति २०७४।१०।१ गते निज प्रतिवादीको श्रीमती हिरा खड्का माइतीघरमा गएको अवसर पारी सोही राति १०:०० बजे पनि निज विपक्षी हेमराज खड्का आफ्नो कोठाबाट मेरी छोरी सुत्ने कोठामा आई मेरो छोरीको इच्छाविपरीत पहिलेक