निर्णय नं. १०५२१ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५२१ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/११/२९ ४१४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।११।२९ ०६८-WO-१००६ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : बारा जिल्ला, मोतिसर गा.वि.स. वडा नं. ५ बस्ने इसराइल मिया धुनियाको श्रीमती बहिरी धुनियायीसमेत विरूद्ध प्रत्यर्थी : बारा जिल्ला, कलैया नगरपालिका वडा नं. ८ मा अवस्थित क्रिएटिभ नेपाल बचत तथा ऋण सहकारी संस्था लि. प्रधान कार्यालय, कलैया बारासमेत लिलाम सकार गरेका कित्ताहरूमा सोही सकार मितिबाट नै हक सिर्जना भइसकेको मान्नुपर्ने । हक सिर्जना भइसकेको जग्गालाई कसैले आपसी सहमति गरेर कानूनबमोजिम सिर्जित भइसकेको तेस्रो पक्षको हक मेट्ने गरी करारनामाको विषयवस्तु बनाउन कानूनत: नमिल्ने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्याम खरेल तथा श्री हरिहर दाहाल र विद्वान् अधिवक्ताहरू श्री मेघराज पोख्रेल तथा श्री ज्योति बानिया प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान् अधिवक्ता श्री अरूण ज्ञवाली, श्री रामकृष्ण काफ्ले अवलम्बित नजिर : सम्बद्ध कानून : सहकारी ऐन, २०४८ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ (२) तथा नेपालको संविधानको धारा ४६ तथा धारा १३३ (२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड हामी निवेदकहरूको छोरा तथा भतिजा महमजान मिया धुनिया तत्कालीन अवस्थामा प्रत्यर्थी क्रियटिभ नेपाल सेभिङ एण्ड लोन को-अपरेटिभ लि. को अध्यक्ष भई उक्त संस्था सञ्चालन गरे तापनि मिति २०५८।११।१७ गते आफूसँग जिम्मा भए रहेको संस्थाको रकम तथा सरसामानहरू नयाँ अध्यक्षलाई बरबुझारथसमेत गरी पदबाट राजीनामा दिएका थिए । महमजान मियाले संस्था छाडेपश्चात् नियुक्त अध्यक्ष जावेद मोहमदले महमजानले संस्थामा रहँदाको समयमा रकम हिनामिना गरेको भनी हामी निवेदकहरूको नाममा दर्ता रहेको निम्नलिखित जग्गाहरू रोक्का राखेको र सो रकम नतिरेको कारणले जग्गाहरू लिलाम गरेकोले सम्बन्धित कामकारबाही उत्प्रेषणको आदेशले बदर गरिपाउँ भनी मिति २०६०।०५।२६ को रिट नं. २९६८ को निवेदन सर्वोच्च अदालतमा दायर गरेकोमा विपक्षीहरूको उल्लिखित कार्य कानूनविपरीतको भएकोले मिति २०६०।०५।१२ को लिलामीको काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरी जो जसको नाममा उक्त धितो राखिएको सम्पत्ति दर्ता छ निजलाई समेत सूचना दिई बुझी कानूनबमोजिम कारबाही गर्नु भनी विपक्षीहरूका नाममा मिति २०६३।१२।०६ मा परमादेशको आदेशसमेत जारी भएको थियो । जग्गाको विवरण जग्गाधनी जिल्ला गा.वि.स. / न.पा वडा नं. कि.नं. क्षे.फ. बहिरी धुनियाइन बारा बरेखा ५ क १५१ ०-०-५ इसराइल मिया धुनियाइन बारा बरेखा ५ क २३५ ०-०-१० इसराइल मिया धुनिया बारा मोतिसर ६ २१० ०-२-१० (नामसारी बाँकी) इसराइल मिया धुनिया बारा मोतिसर ६ ३८३ ०-२-१५ जोखन मिया धुनिया बारा मोतिसर ६ ३९ ०-२-८ (नामसारी बाँकी) इसराइल मिया धुनिया बारा मोतिसर ६ ८८ ०-३-१० इसराइल मिया धुनिया बारा मोतिसर ६ ग १०५ ०-०-१० इसराइल मिया धुनिया बारा मोतिसर ६ ३३३ ०-१-५ इसराइल मिया धुनिया बारा मोतिसर ६ २५३ ०-२-० उक्त सर्वोच्च अदालतबाट भएको आदेशको जानकारी विपक्षीसमेतलाई भए तापनि विपक्षीले