निर्णय नं. १०५२२ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५२२ - सवारी ज्यान भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०२/१८ ५४९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।२।१८ ०७५-CR-०१२९ मुद्दा : सवारी ज्यान पुनरावेदक / वादी : गुणराज निरौलाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भारत, सिवान जिल्ला, महादेव ब्लक नं. ६ घर भएका WB 47 AF 9448 नं. को गाडीका चालक मनोजकुमार साह मृतकसँग प्रतिवादीको पूर्वचिनजान रिसइवी नहुनु नै लापरवाही नहुने भन्ने होइन, सवारी चलाउँदा चालकले गाडी कत्तिको होसियारीपूर्वक चलाएको थियो र निजले चलाएको सवारी साधन निजको नियन्त्रणमा थियो थिएन भन्‍ने कुरा लापरवाहीको लागि महत्त्वपूर्ण विषय हुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवकुमार रेग्मी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री गोपालप्रसाद बास्तोला सर्लाही जिल्ला अदालत उच्च तहमा फैसला गर्ने : मा.न्या.श्री सत्यमोहन जोशी थारू मा.न्या.श्री हरिप्रताप के.सी. उच्च अदालत जनकपुर फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड जिल्ला सर्लाही, लालबन्दी नगरपालिका वडा नं.७ स्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्ड, उत्तरमा खाली जग्गा, दक्षिणमा खाली जग्गा यति चार किलाभित्र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको WB 47 AF 9448 नं. को भारतीय स्कारपियो गाडीले विपरीत दिशातर्फबाट आइरहेको ना.३६ प ५२६७ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गर्ने चालक जिल्ला सर्लाही, जानकीनगर गा.वि.स.वडा नं.२ बस्ने वर्ष ३० को नारायणप्रसाद निरौला, पछाडि सवार गर्ने निजको श्रीमती वर्ष २७ की उर्मिला निरौला र निजकै छोरी वर्ष डेढकी श्रीतृक निरौलासमेत घाइते भई तत्काल उपचारको लागि स्थानीय मोडल अस्पताल लालबन्दी सर्लाहीमा लगिएको, उक्त सडकको चौडाई २९ फिट रहेकोमा सडकको २ मिटर उत्तर छेउमा उल्लिखित नं. को मो.सा.को अगाडिको भाग कुच्ची पल्टिएको अवस्थामा रहेको, उक्त मो.सा.देखि १७ मिटर उत्तरपट्टि उल्लिखित नं. को भारतीय स्कारपियो गाडी दक्षिण मोहडा भई रोकिएको अवस्थामा रहेको घटनास्थल चार किलासहितको विवरण ठीक रहेको भन्‍ने बेहोराको घटनास्थल मुचुल्का । जिल्ला सर्लाही, हरिवन नगरपालिका वडा नं.११ स्थित नमुना अस्पतालको प्राङ्गणमा रहेको स्ट्रेचरमा रहेको मृतक लासको नाकमा चोट लागेको र रगतजस्तो रातो पदार्थ लत्पतिएको, दुवै खुट्टामा चोट लागी बेन्डेज बाँधिएको अवस्थामा रहेको, दुवै खुट्टासमेतमा घाउचोट रहेको भन्‍ने बेहोराको नारायणप्रसाद निरौलाको लास जाँच मुचुल्का । मिति २०७२।११।२९ गते बिहान मेरो छोरा वर्ष ३० को नारायणप्रसाद निरौला, बुहारी वर्ष २७ की उर्मिला निरौला र १८ महिनाको नातिनीसमेत ना.३६ प ५२६६ नं. को मो.सा.मा लालबन्दीतर्फ पूर्व-पश्चिम लोकमार्ग हुँदै आफ्नै साइडमा गइरहेको अवस्थामा बिहान १०:४० बजेको समयमा जिल्ला सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ७ स्थित लोकमार्गको सडक खण्डमा मनोजकुमार साहले आफ्नो साइड छाडी उत्तरतर्फको साइड चापी तीव्र गतिमा पूर्वतर्फबाट पश्चिमतर्फ लापरवाहीपूर्वक चलाई आएको WB 47 AF 9448 नं. क