निर्णय नं. ४४२० - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२० - सवारी ज्यान भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/१८ ३०६७ निर्णय नं. ४४२० ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको फौ.पु.नं. ५८५, ५९४ फैसला भएको मिति: २०४८।११।१८।१ मा पुनरावेदक/वादी : प्र.ना.नि.पूर्णप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : का.न.पं.वा.नं.१३ बस्ने चालक उद्धव गौतम पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. १३ बस्ने उद्धव गौतम विरुद्ध प्रत्यर्थी/वादी : प्र.ना.नि. पूर्णप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार मुद्दा : सवारी ज्यान (१) सही साइड तर्फबाट कार चलाउँदै लाँदा डिउटीमा रहेको मृतक प्रहरीको कारको ठक्कर लागी मृत्यु भएको देखिन आएको, मार्नु पर्ने इवि आदि कारण अवस्था र ज्यानसम्बन्धीको १३(३) को अपराध प्रमाणित हुन सक्ने आधार प्रमाण समेत नहुँदा ज्यानसम्बन्धीको ६(२) अनुसार भवितव्य ठहर्‍याई प्रतिवादीलाई कैद वर्ष १ र जरिवाना रु. ५००।– समेत हुने ठहर्‍याएको फैसला मिलेकै देखिने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल फैसला न्या.हरगोविन्द सिंह प्रधान १. म.क्षे.अ. को निर्णय उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मिति २०४२।८।२६ गते राती कालिमाटी चोकमा डिउटीमा रहेको प्र.ज.चन्द्रकुमारलाई प्रा.कार ६५३९ ले ठक्कर दिई लडाई उक्त कार भागी गएछ । प्र.ज.रमनबहादुरले निजलाई वीर अस्पतालमा लगी जाँच गराई शाही सैनिक अस्पतालमा भर्ना गरेकोमा मिति २०४२।८।१८ गते अं. १२:२० बजे प्र.ज.चन्द्रकुमार गिरीको मृत्यु भएकोले मानिसलाई ठक्कर लाग्दा मानिस मर्दछ भन्ने कुरा जानी जानी बचाउ तर्फको कुनै ख्यालै नराखी ठक्कर लगाई मारेकोमा चालक उद्धव गौतमलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महल अनुसार कारवाही गरिपाउँ भन्ने समेत मिति २०४२।८।१९ को प्र.ना.नि.पूर्णप्रसादको प्रतिवेदन । ३. निज ट्राफिक प्रहरीले रातीको समयमा कहाँ गएर आइस भनी गाडी रोकी सोध्ला भन्ने डरले ४ नं. गियर लगाई ८०।९० कि.मि. को रफ्तारमा हाँकी लैजाँदा निज ट्राफिक प्रहरीले बीच बाटोमा बसी रोक्ने (साविक पेज नं. ७७४) इसारा दिई सो इसारालाई इन्कार गरेर बायाँ किनाराबाट गाडी पास गराउँछु भनी स्टेरिङ काट्दा निज चन्द्रकुमारलाई अगाडिपट्टिको बर्नेटले जोडसंग लागी २५ फिट जति बीचमा रगडी नालीनेर पुगेकोले त्यहाँबाट गाडी लिई भागेको हुँ त्यसैबेला ब्रेक लगाई भन्ने समेत व्यहोराको मिति २०४२।८।२३ को चालक ला.नं. ०५९८५८ को उद्धव गौतमले गरेको बयान । ४. वा.अं.च. ६५३९ नं. को कारको हेण्ड ब्रेक नलाग्ने फुट ब्रेक नलाग्ने अगाडिको बोनट कुच्चिएको भन्ने समेत व्यहोराको मिति २०४२।९।५ को मेकानिकल जाँच मुचुल्का । ५. वा.अं.च. ६५३९ नं. को कारले प्र.ज. चन्द्रकुमार गिरीलाई ठक्कर दिई मिति २०४५।८।१८ मा निजको मृत्यु भएको हो भन्ने समेत सरजमीन मुचुल्का । ६. वा.अं.च. ६५३९ नं. कारले ठक्कर दिई प्र.ज. चन्द्रकुमार घाइते भएकोले मैले निजलाई उठाई वीर अस्पतालमा पुर्‍याएको हुँ त्यसपछि मेलेट्री अस्पतालमा भर्ना भई मिति २०४२।८।१८ मा प्र.ज.चन्द्रकुमारको मृत्यु भएको हो भन्ने समेत मिति २०४२।९।१५ को प्र.ज.रमनबहादुर भुजेलको बयान कागज । ७. संकलित सबूद प्रमाणका आ