निर्णय नं. १०५२८ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५२८ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०६/१५ २१२५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।६।१५ ०७७-WF-०००१ विषय : बन्दीप्रत्यक्षीकरण निवेदक : सिन्धुपाल्चोक जिल्ला, तातोपानी गाउँ विकास समिति वडा नं. ४, हाल भोटेकोशी गाउँपालिका वडा नं. ४, घर भई कारागार कार्यालय सिन्धुपाल्चोकमा गैरकानूनी रूपमा थुनामा रहेको वीरबहादुर तामाङको हकमा निजको एकाघरको भाइ ऐ. ऐ. बस्ने भिमबहादुर तामाङ विरूद्ध विपक्षी : सिन्धुपाल्चोक जिल्ला अदालत, सिन्धुपाल्चोकसमेत अभियोजन पक्षले आवश्यक प्रमाण सङ्कलन गरी सङ्कलित प्रमाणको आधारमा अभियुक्तको पहिचान स्पष्ट गरी मुद्दा दर्ता गर्नुपर्दछ । अवस्था र परिस्थितिअनुसार पछि पक्राउ परेको व्यक्ति नै आरोपित व्यक्ति हो भनेर खुल्ने ठोस सबुत प्रमाण पेस गर्नु अनुसन्धान एवम् अभियोजनकर्ताको कानूनी दायित्व हो । कसैलाई आरोप लगाउनु र पक्राउ गर्नु कुनै औपचारिकतासम्म पूरा गर्ने विषय होइन । अभियुक्तको बाबुको नाम र वतन नै फरक परिरहेको, व्यक्ति एउटै हो भन्ने आधिकारिक प्रमाणबेगर हचुवा ढङ्गबाट व्यक्ति एउटै हो भन्नु कानूनसम्मत नहुने । व्यक्तिको पहिचान (Identity) नै स्पष्ट नगरी र सो सम्बन्धमा तथ्यपूर्ण अनुसन्धान नै नगरी एउटै व्यक्ति हो भनी निष्कर्ष निकाल्नु कानूनसम्मत नहुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री मुकुन्दप्रसाद पौडेल, श्री नीलमप्रसाद गौतम र श्री ख्यामनारायण सापकोटा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१७ ने.का.प.२०७३, अङ्क ८, नि.नं.९६६१ ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३३१ सम्बद्ध कानून : विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम दायर भएको प्रस्तुत निवेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष प्रस्तुत हुन आएको छ । विवादको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ: तथ्य खण्ड वीरबहादुर तामाङ म निवेदकका दाजु हुन् । निजको नाम गोम्दे तामाङ हो भनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पक्राउ गरी जिल्ला अदालत सिन्धुपाल्चोकले मिति २०७३।१।२२ को फैसलाअनुसार भनी कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा पठाएको रहेछ । मिति २०६८।६।३० गते बिहान काठमाडौंबाट तातोपानी जान लागेको रा. १ च ३२० नं. को जिपमा अवैध तरिकाले लुकाई छिपाई अमेरिकी डलर चाइनाको खासातर्फ जान लागेको सूचनाको आधारमा गोम्दे तामाङ ड्राइभरलाई अमेरिकी डलर २,३६,५३१।- सहित उक्त गाडीमा बरामद भएकोले सोलाई बिगो कायम गरी निज फरार रहेकोले चालक गोम्दे तामाङउपर विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१) र ५(२) बमोजिमको कसूरजन्य कार्यमा सोही ऐनको दफा १७(१) बमोजिम सजाय गरी बरामद भएको डलर जफत हुने मागदाबी लिई राजस्व अनुसन्धान विभागले सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दर्ता गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०७३।१।२२ मा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१) र ५(२) बमोजिमको कसूर गरेको ठहर्छ, बरामद डलर जफत हुने ठहर्छ, दफा १७(१) बमोजिम बिगोबमोजिम रू. १,८६