निर्णय नं. १०५३० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५३० - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०७/२१ १२०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।७।२१ ०७५-WO-०४६१ मुद्दा:- उत्प्रेषण निवेदक : रोल्पा जिल्ला, गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने दीपाकुमारी वली विरूद्ध विपक्षी : शिक्षा विकास तथा समन्वय एकाइ, रोल्पासमेत विद्यालय व्यवस्थापन समितिका सबै कार्य र प्रक्रियालाई स्वीकारी, प्रकाशित विज्ञापनमा फाराम भरी, लिखित परीक्षामा सम्मिलित भई, सो परीक्षाको नतिजा प्रकाशित भइसकेपछि बाँकी प्रक्रियामा संलग्न हुन छाडी अगाडिदेखिका सबै कामकारबाही अपारदर्शी, गैरकानूनी र अनियमित भए भनी सो सबै निर्णय र कामकारबाही बदर गरिपाऊँ भन्ने दाबीबाट स्वच्छ र निष्पक्ष प्रतिस्पर्धामा सहभागी हुन पाउने समानता र स्वतन्त्रताको हकबाट वञ्चित गरिएको भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री कपिलचन्द्र पोखरेल विपक्षीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०४६, अङ्क १२, नि.नं.४०२२ ने.का.प.२०५०(क), अङ्क ४,नि.नं.४७२३ सम्बद्ध कानून : आदेश न्या.मीरा खडका : नेपालको संविधानको धारा ४६र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड प्रत्यर्थीमध्येको शहीद खगेन्द्रजन प्राथमिक विद्यालयमा शिक्षा विभागबाट प्राप्त अनुदान रकमबाट तलब भत्ता पाउनेगरी १ जना आधारभुत-तह शिक्षक नियुक्ति गर्नुपर्ने भएको हुँदा मिति २०७५।५।१५ देखि २०७५।५।२९ सम्म दरखास्त दिने समय राखी मिति २०७५।५।१५ मा विज्ञापन भएको थियो । सो विज्ञापन सूचनाअनुसार मिति २०७५।६।२१ मा सञ्चालित लिखित परीक्षामा दरखास्त दिने १० जनामध्येबाट मसहित ५ जना परीक्षामा सहभागी भएका थियौं । मिति २०७५।६।२२ मा प्रत्यर्थीहरूले लिखित परीक्षामा सहभागी भएकामध्ये मसहित ४ जनाको नाम लिखित परीक्षामा सफल भएका भनी प्रकाशन गरेको रहेछ । उक्त शिक्षक छनौट र नियुक्तिसँग सम्बन्धित अगाडिदेखि नै अपारदर्शी भएको र विपक्षीहरूले आफूअनुकूलका व्यक्ति छनौट गर्ने भनी सार्वजनिक रूपमा भन्दै हिँडेकोले कामकारबाही सम्बन्धमा जानकारी लिन खोज्दा प्रत्यर्थीहरूले जानकारी दिन नमिल्ने भनी मेरो लिखित निवेदन दर्ता गर्न इन्कार गरेको हुँदा यो रिट निवेदन लिई उपस्थित भएकी छु । कामकारबाहीमा अनियमितता भएको विवरण निम्नअनुसार छ । मिति २०७५।६।१५ मा प्रत्यर्थी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुरवीर वलीको अध्यक्षतामा ९ जना र अन्य उपस्थित भनी अनधिकृत व्यक्तिहरू १४ जनाको नाम उल्लेख गरी बैठक बसेको व्यहोरा उल्लेख गरी भेला गरिएको र विज्ञापन, शिक्षकको तलब र विविध एजेन्डा उल्लेख छ । सो कुरा निर्णय पुस्तिकामा देखिएको छ । पहिले विज्ञापन प्रकाशन गरेको र त्यसपश्चात् मात्र भेला बैठक बसेको भन्ने व्यहोरा मिति २०७५।५।१९ को निर्णयबाट देखिएको छ । जेष्ठ सदश्य, कार्यकारीणी अध्यक्ष बलिभद्र वली, निर्मला वली, ढाँका के.सी.,जलेशकुमार के.सी., प्रमिला विष्ट वली सहभागी सो बैठकमा शिक्षक छनौट समितिसम्बन्धी एजेन्डा उल्लेख छ । उक्त बैठकले निर्मला वली, विषयविज्ञहरू हरिबहादुर बुढा, खलसिंह बुढा, नि.प्रधानाध्यापक प्रमिला विष्ट वली र स्रोतव्यक्ति शेरबहादुर डाँगी रहेको छनौट समिति गठन गरेको बैठकको निर्णय पुस्तिकामा उल्लेख छ । प्रत्यर्थी शिक्षक छनौट समितिको गठन नै शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ विपरीत छ । प