निर्णय नं. १०५३२ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३२ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०८/०८ १५२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।८।८ ०७५-CR-१२०३ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : जिल्ला ताप्लेजुङ साबिक थुम्वेदिन गा.वि.स.वडा नं. २ हाल याङवरक गाउँपालिका वडा नं. ६ घर भई हाल कारागार कार्यालय ताप्लेजुङमा थुनामा रहेका कुलमानको छोरा ठुल्पी भन्ने विकास विश्वकर्मा विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ताप्लेजुङ-४ को जाहेरीले नेपाल सरकार जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट पीडितलाई शारीरिक, मानसिक तथा सामाजिक क्षति पुग्दछ । पीडितलाई हुने त्यस्तो क्षतिको पूर्णरूपले निराकरण गर्न सम्भव नभए पनि क्षतिपूर्ति (compensation) रकम उपलब्ध गराई आर्थिक राहत दिलाउनु राज्यको दायित्वअन्तर्गत पर्ने । प्रतिवादीको कुनै सम्पत्ति नभएको कारणले मात्र जबरजस्ती करणीको कसूरबाट पीडित व्यक्तिले क्षतिपूर्ति नपाउने भन्ने हुँदैन । यस्तो अवस्थामा पीडितलाई सम्बन्धित महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति स्वरूप उचित रकम उपलब्ध गराउन आदेश गर्न सक्ने गरी जबरजस्ती करणीको १०ग नं. मा कानूनी व्यवस्था गरिएको देखिन्छ । त्यसैगरी, पीडितको अविभावकको न्यून आयस्रोत रहेको देखिएको अवस्थामा राज्य वा कुनै सामाजिक संघसंस्थाबाट उपलब्ध हुन सक्ने सामाजिक सुरक्षाको प्रत्याभूति गरी पीडितलाई राहत दिन उपयुक्त हुने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री अशोककुमार बस्नेत ताप्लेजुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री तेजनारायण सिंह राई उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला ताप्लेजुङ, थुम्बेदिन गा.वि.स. वडा नं. २ स्थित पूर्वमा नामहाङमा थेबेको बाँसघारी, पश्चिममा लेखनाथ नेपालको खेत, उत्तरमा उपेन्द्र भण्डारीको खेत र दक्षिणमा भिममाया थेबेको बाँसघारी यति ४ किल्लाभित्र डिल्लीराम खतिवडाको खेतमा परिवर्तित नाम ०१(C) स्कुलबाट घरतर्फ जाँदै गर्दा प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.ले जङ्गलमा अमला टिपी दिन्छु र बिस्कुट किन्न पैसा दिन्छु भनी प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । म शारदा मा.वि. थुम्बेदिनमा कार्यालय सहयोगी काम गर्दै आएकोमा मिति २०७३।११।१५ गते घरायसी काम भएकोले १६:१५ बजेतिर घरमा आइपुग्दा छोरी रोइरहेकी रहिछन् । छोरीको स्कुल १३:०० बजे छुट्टी हुने भएकोले म घर पुग्नु अगावै छोरी घरमा पुगी रोइरहेकी देखी के भयो भनी सोध्दा छोरीले स्कुल छुट्टी भइसकेपछि म घरतर्फ फर्कंदै गर्दा ठुल्पी भन्ने विकास वि.क.ले मलाई बाटोमा ढुकी बसेका रहेछन् । म जिल्ला ताप्लेजुङ थुम्वेदिन-२ स्थित वरडाडा भन्ने स्थानको बाँसझाङ नजिक खेतमा आइपुग्दा विकास वि.क.ले मलाई बाँसझाङ नजिकैको जङ्गलमा अमला टिपीदिन्छु, बिस्कुट किन्ने पैसा दिन्छु, मसँग हिँड् भनी डोर्‍