निर्णय नं. ९१९५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१९५ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०३/३० ३८६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।३०।२ ०६६-CI-०३५० मुद्दा : लेनदेन पुनरावेदक/वादी : भारत, विहार जिल्ला पूर्वीचम्पारण, तेलहारा टोल अमवा घर भै हाल चौधरी इन्टरप्राइजेज गौरका प्रोप्राइटर जिल्ला रौतहट, गौर नगरपालिका वडा नं.२ स्थित दिनानाथ चौधरीको घरमा डेरा गरी बस्ने कपीलदेव चौधरी कलवार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला रौतहट, गा.वि.स. सवगढा वडा नं.५ हाल गौर नगरपालिका वडा नं. १० बस्ने महमद सगीर § सद्दे कीर्ते के हो भनी सहीछापको जाँच गर्दा भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएका रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय रहेको देखिन आयो । बन्दसवालद्वारा विशेषज्ञको बकपत्र गराइएकोमा निजले सोही राय ठीक रहेको भनी बकपत्रसमेत गरेको देखिन्छ । वादीसँग प्रतिवादीले लिएको रकमको सावाँ व्याज बुझाइसकेको भरपाई पेस गरेको र उक्त भरपाई वादीले नै गरिदिएको भन्ने देखिएको अवस्थामा वादीले दावीबमोजिमको रकम प्रतिवादीबाट भराई पाउने देखिन नआउने । (प्रकरण नं. ४) § प्रतिवादीले वादी दावीबमोजिमको लिखत अनुसारको रकम बुझाइसकेको भन्ने कुराको विवादरहित तवरले पुष्टि गर्ने भरपाई मौकामा पेस गर्न नसकी पुनरावेदन अदालतमा पेस गरेकोमा मात्र प्राविधिक कारण देखाई त्यस्तो भरपाई लिखतलाई प्रमाणमा ग्रहण नगरी निर्णयमा पुग्दा त्यसले न्यायको मर्म नै मर्न जाने हुँदा पक्षले तत्काल प्राप्त गर्न नसकेको भरपाईलाई पछि पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पेस गरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्नु कानूनी दृष्टिबाट समेत न्यायसङ्गत नहुने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता सतिशकुमार झा प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेव यादव अबलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ७७ नं. प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५० सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री भोलानाथ चौलागाईं पुनरावेदन तहमा फैसला गर्ने : मा.मुख्य न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी फैसला न्या.देवेन्द्रगोपाल श्रेष्ठ : प्रतिवादीले म फिरादवालासँग निजको सहभागितामा सञ्चालन भइरहेको श्री सागर इँटाभट्टा उद्योग झुनखुनवामा अवस्थित भई सो उद्योग हेतु रू.१,५०,०००।– कर्जा लिई मिति २०५६।१।६ मा कपाली तमसुक गरी दिनुभएकोमा सावाँ व्याज माग्दा नदिएकोले सावाँ रू.१,५०,०००।– को लिखत मितिदेखि आजसम्म ६ वर्ष ३ महिना ११ दिनको सयकडा १० ले हुने व्याज रू.९४,२०९।– समेत जम्मा रू.२,४४,२०९।– तथा अरू हुने व्याजसमेत निज प्रतिवादीबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र । वादीसँग म प्रतिवादीले एकमुष्ट रू.१,५०,०००।– लिएको छैन र कपाली तमसुकको कागज गरेको होइन छैन । मेरो सहभागितामा श्री सागर इँटाभट्टा उद्योग सञ्चालन भएकोमा सो इँटाभट्टा उद्योग सञ्चालनका लागि इँटा पकाउन कोइलाको आवश्यकता परेको थियो । यी वादीले कोइला सप्लाई गर्ने गरेकोमा सोही कोइला सप्लाई गर्दाको क्रममा यी वादीसँग रू.५०,०००।– को कोइला खरिद गर्दा सो बखत रूपैयाँको अभाव रहेको कारण रू.५०,०००।– को कोइला उधारो लिएकोमा सोही उध