निर्णय नं. ४४२१ - ट्रक चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२१ - ट्रक चोरी भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/२६ २५२१ निर्णय नं. ४४२१ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको फौ.पु.नं.४११ फैसला भएको मिति: २०४८।१०।२६।१ मा पुनरावेदक/वादी : हर वंश सिंहको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : मेवाराम उर्फ इन्द्र सिंह शर्मा मुद्दा : ट्रक चोरी (१) ट्रक चोरी गर्ने मनसायले लिई भागी गएको भए सो ट्रक कतै लगी लुकाई राख्नु पर्नेमा जुनसुकै अवस्थामा पनि समातिन सक्ने बाटोमा चलाई राख्नु नपर्ने, यसबाट उक्त ट्रक निजले चोरी गरी लिई गएको हो भनी भन्न सक्ने अवस्था रहेन, यस्तो अवस्थामा प्र्रस्तुत वारदातलाई चोरीको १ नं. को परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १८) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.रुद्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय (साविक पेज नं. ७७७) अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०४०।२।१८ गते सि.एच. डल्लु. ५२६७ नं. को ट्रक मैले गोरखपुरबाट हाँकी ल्याई २ दिनको लागि सुनौली भन्सारबाट इजाजत बनाई नेपाल बुटवल आमा होटल अगाडि ट्रक खडा गरी खाना खान होटल भित्र म र संगै आउने व्यापारी गयौं । खाना खाई व्यापारी पहिले बाहिर निस्क्यो । म पनि बाहिर आउँदा १०.३० बजेको समयमा ट्रक हरायो । खोजी गर्दा फेला परेन । कानुन बमोजिम होस् भन्ने ०४०।२।१९ को हुलिया दर्खास्त ट्रक र ट्रक चोर थानामा ल्याएका छैन भन्ने थाहा पाई आएको हुँ । मैले दिएको हुलिया दर्खास्त अनुसार यो पक्राउ गरी ल्याएको सि.एच.डल्लु. ५२६७ नं. को ट्रक मैले भारतबाट चलाई ल्याएको हुँ मेरो हो, मैले चलाई ल्याउँदा व्यापारी बनी आएको इन्द्रजित शर्मा यही हुन् कानुन बमोजिम होस् भन्ने जाहेरी दर्खास्त । ३. म चार सालदेखि नेपालमा नै विभिन्न ठाउँमा बसी ट्रक चलाउने काम गर्दछु । मैले इन्द्रजित सिंहको ट्रक चलाएको थिएँ । पछि मनमोटाव भएको कारण महेन्द्र सिंहको ना.अ. १०१३ नं. को ट्रक चलाएँ तलब कम हुनाले प्रेमबहादुर थापाको ना.अ. १६६५ को ट्रक चलाएको थिएँ । गाडी बिक्री भएको हुँदा मैले काम नपाएको ०४०।२।१६ का दिन गोरखपुर गएँ नेपाल आउन गाडीको इन्तजारमा थिएँ । त्यसमा एकजना पंजावीको ट्रक नं. ५२६७ को सि.एच.डल्लु. गाडी खाली बसी रहेको देखी गाडीको हर्नलाई नेपाल जाने हो भनी सोद्धा जाने हो भनी सुनौली भन्सारमा आई नेपालको प्रमिट बनाई बुटवल आमा होटल अगाडि गाडी रोकी ०४०।२।१८ गते साँझ खाना सबैले खायौं । लजमा श्रीमती नमानेको हुँदा खलासी गाडीमा सुती रहेको थियो । मैले गाडी हाँकी बुटवल नगरपंचायत अगाडि रोकेँ खलासीलाई लकडी लोड हुन्छ हुँदैन बुझ्न पठाएँ । मैले मौका पाई गाडी नारायणघाट तर्फ लिई पोखरा नौविसे समेत लगी रु. २३००।– लिएको हुँ भन्ने मेवाराम उर्फ इन्द्रजित सिंहले प्रहरीमा गरेको बयान । ४. ०४०।२।१८ गते बुटवल आमा होटलमा म र मेरी श्रीमती सि.एच.डल्लु. ५२६७ को ड्राइभर समेत भई खाना रक्सी खाई बसे मलाई गर्मि भएकोले ट्रकमा सुतेँ । आमा होटलबाट टाढा जग्गामा पुग्दा बिउँझी हामी कहाँ आई पुग्यो कहाँ जाने हो ड्राइभर खोई भनी श्रीमानलाई सोद्धा यो ट्रक मेरो भाइको हो आज वीरगन्ज गएर बस्ने हो भने भरतपुरमा प्रहरीहरुले यो गाडी चोरीको हो भन्दा थाहा पाएको हुँ भन्ने गितादेवी शर्माले प्रहरीमा गरेको बयान । ५.