निर्णय नं. १०५३६ - मानव अपहरण तथा शरीर बन्धक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३६ - मानव अपहरण तथा शरीर बन्धक भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/११/०७ ४२९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।११।७ ०७०-CR-०६०७ मुद्दाः मानव अपहरण तथा शरीर बन्धक पुनरावेदक / वादी : मिलन मग्रातीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला संखुवासभा तामाफोक गाउँ विकास समिति वडा नं. १ हाल तेह्रथुम म्याङलुङ बस्ने काजन श्रेष्ठ एवम् सम्बेग भन्ने राजु मगरसमेत प्रहरीले सवारी साधन नियन्त्रणमा लिई हतियारसहित अपहरणको कार्य सम्पन्‍न गर्न उद्वत रहेका खतरनाक प्रतिवादीहरूलाई तत्काल neutralize गरी अपहरणको कार्य सम्पन्‍न हुन नसकेको अवस्थामा अपराध पूर्ण भई अपहरण भई सकेको मान्‍न नमिल्ने । (प्रकरण नं.१०) अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठरूपमा प्रमाणित हुनु पर्दछ । अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनु पर्दछ । अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रर्दशन भई पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्‍न भएको वा नियन्त्रण वा कब्जामा लिई उक्त कार्य पूरा गर्ने क्रममा कुनै extraneous factor को हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न dangerous proximity to the end or success को नजिक पुगी असफल भएको हुनु पर्ने । उद्योगसम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरूत्साहन गर्ने नभई खतरनाकपूर्वक गरिने अपराधिक कार्यलाई पनि दुरूत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नं. को ‘कसूर गरी नसकेको’ र मुलुकी अपराध संहिता, २०७४ को दफा ३४(१) को ‘कसूर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिई extraneous factor को रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाई अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसूरदारहरू dangerous proximity to the end or success को अवस्थामा मात्र पुगेको तर कसूर गरी नसकेको अवस्था मान्‍नु पर्ने । (प्रकरण नं.१५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई तथा शाखा अधिकृत श्री शिशिर लामिछाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री भरतमणि गौतम, श्री टिकाराम पोख्रेल तथा श्री उमेशकुमार निरौला अवलम्बित नजिर : ने.का.प.२०७४, नि.नं.९८३०, अङ्क ६, पृष्ठ ११०७ ने.का.प.२०७२, नि.नं.९३८६, अङ्क ४ ने.का.प. २०७२, नि.नं. ९४१८, अङ्क ६ ने.का.प. २०७०, नि.नं.९०८१, अङ्क ११ ने.का.प. २०६९, नि.नं. ८७६१, अङ्क १ ने.का.प. २०६९, नि.नं. ८८२५, अङ्क ५ ने.का.प. २०६८, नि.नं.८७३४, अङ्क १२ ने.का.प. २०६८, नि.नं.८७२३, अङ्क ११ ने.का.प. २०६६, नि.नं.८२८५, अङ्क १२ ने.का.प. २०६२, नि.नं.७४८६, अङ्क १ ने.का.प. २०५१, नि.नं.४८९०, अङ्क ४ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री काजीबहादुर राई सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी पुनरावेदन अदालत विराटनगर फैसला न्या.हरिप्रसाद फुयाल : तत्कालीन पुनरावेदन अदालत विराटनगरको मिति २०६९।९।१ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई पेस हुन आए