निर्णय नं. १०५३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३८ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/११/१६ १२६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७६।११।१६ ०७२-CI-०१९४ मुद्दा : उत्प्रेषण पुनरावेदक / निवेदक : जिल्ला रूकुम, जाङ्ग गाउँ विकास समिति वडा नं.५ बस्ने हाल जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर बुढा विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला प्रहरी कार्यालय, बाँकेसमेत आफ्नो अधिकार छ भन्दै पूर्वाग्रहयुक्त एवं गैरजिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुने, आफ्नो अधिकारको अधिक प्रयोग वा दुरूपयोग गर्ने र परिस्थिति र परिवेशले आवश्यक नदेखिए पनि आफ्नो शक्ति प्रदर्शन गर्ने छुट कुनै प्रहरी कर्मचारीलाई हुँदैन । सर्वमान्य मानव अधिकारको पालन गरी जनताको हक अधिकारको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी पाएका प्रहरी प्रशासनमा कार्यरत राष्ट्रसेवकले अनावश्यक रूपमा आफ्नो शक्ति प्रदर्शन गरी अधिकार दुरूपयोग गर्नेले जिम्मेवारी बहन गर्नुपर्ने र कानूनबमोजिम कारबाहीको भागी हुनुपर्ने । अनावश्यक रूपमा हथकडी प्रयोग गरी पत्रकारहरूलाई अमानवीय रूपमा दुर्व्यवहार गरेको सम्बन्धमा स्पष्टीकरण माग गर्दा तथ्य लुकाई आफू कमाण्डर रहेको टोलीले गरेको त्यस्तो दुर्व्यवहारबारे आफूलाई थाहा नभएको भनी गैरजिम्मेवारपूर्ण जवाफ दिएकै कारण छानबिन गरी प्रमाण बुझी पुनरावेदकलाई कारबाही गरिएको अवस्थामा त्यस्तो निर्णयलार्इ त्रुटिपूर्ण मान्न नसकिने । (प्रकरण नं.६) पुनरावेदक / निवेदकका तर्फबाट : प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान न्याय प्रशासन ऐन, २०४८ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्‍ण भट्ट मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन अदालत नेपालगन्ज आदेश न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत नेपालगन्जको मिति २०७१।१२।२४ को फैसलाउपर पुनरावेदकको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड यसमा म निवेदक QRT चेकिङ टोलीमा खटिएको बखत एक जना पत्रकारलाई गैरजिम्मेवार पूर्ण व्यवहार गरेबापत प्रहरी नियमावली, २०७१ को परिच्छेद १० को नियम १११ बमोजिमको कसूरमा प्र.नि.ज्यूले सोही नियमावलीको ऐ. परिच्छेदको नियम १०९ को देहाय क(४) को अधिकार प्रयोग गरी मितिसमेत नखुलाई बढुवा रोक्‍का २ वर्षसम्मको लागि भनी गरेको निर्णयउपर मेरो चित्त नबुझी माथिल्लो निकायमा अपिल गर्दा त्यहाँ पनि सुरूकै निर्णय सदर गरेकोमा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पदोन्‍नति रोक्‍का फुकुवा गर्नु भनी विपक्षीहरूका नाममा परमादेशसमेत जारी गरिपाऊँ भन्‍ने व्यहोराको पुनरावेदन अदालत नेपालगन्जमा मिति २०७१।१०।२० मा पेस गरेको निवेदन पत्र । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषण परमादेशको आदेश जारी हुनुपर्ने हो, होइन ? उत्प्रेषण परमादेशको आदेश जारी गर्नु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोसमेत उल्लेख गरी सूचना म्याद तामेल भएका मितिले बाटाका म्यादबाहेक १५(पन्ध्र) दिन भित्र पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगन्जमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपि संलग्‍न गरी विपक्षीहरूका नाउँमा सूचना म्याद जारी गरी म्याद भित्र ल