निर्णय नं. १०५३९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३९ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/१२/२७ १९९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।१२।२७ ०७६-WH-०३२१ विषय: बन्दीप्रत्यक्षीकरण पक्ष / निवेदक : दिपलाल मिरिङसिङ भन्‍ने दिपक मिरिङसिङको छोरा महोत्तरी जिल्ला, गौशाला नगरपालिका वडा नं. १ रामनगर स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्‍मी नगरपालिका वडा नं. ५ टिकाथलीमा अस्थायी रूपमा बस्दै आई हाल महानगरीय प्रहरी वृत्त गौशालामा थुनामा रहेको बादल मिरिङसिङको हकमा बुबा दिपलाल मिरिङसिङ भन्‍ने दिपक मिरिङसिङ विरूद्ध विपक्षी / प्रत्यर्थी : महानगरीय प्रहरी वृत्त, गौशालासमेत कुनै मुद्दा हेर्ने अख्तियारी छ भन्दैमा जुनसुकै अधिकारीले जुनसुकै मुद्दामा पक्राउ परेको व्यक्तिलाई थुनामा राख्न अनुमति दिन वा म्याद थप गर्न सक्दैन, त्यसो गर्न पनि हुँदैन । सो कसूरसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार म्याद थप गर्ने अधिकारीलाई कानूनले प्रदान गरेको हुनु अनिवार्य हुने । (प्रकरण नं.३) कुनै व्यक्तिलाई पक्राउ गरी बन्दी बनाउँदा कसूरको गम्भीरतातर्फ पनि विशेष रूपमा संवेदनशील भई दृष्टि पुर्‍याउनु आवश्यक देखिन्छ । गम्भीर प्रकृतिका कसूरमा अभियुक्तलाई पक्राउ गरी थुनामा राखेर कानूनबमोजिम कारबाही चलाउनु पर्ने अवस्था अवश्य नै रहन्छ । केवल रोग सङ्क्रमणको कारण देखाएर गम्भीर प्रकृतिका कसूर गर्नेले कानूनी परिणाममा छुट वा सुविधा पाउन सक्दैन । तर सामान्य प्रकारको कसूरको विषयमा भने व्यावहारिक किसिमको कार्य प्रणाली अपनाउनु COVID-19 को सन्दर्भमा मनासिब देखिने । (प्रकरण नं.४) पक्ष / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री अजयशंकर झा, श्री पुष्पराज पौडेल र श्री पंकजकुमार कर्ण विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भूषाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ : तथ्य खण्ड मेरो छोरा बादल मिरिङसिङले वैदेशिक रोजगारीमा जान इच्छुक २ जना व्यक्तिलाई वैदेशिक रोजगारसम्बन्धी काम गर्ने मेनपावर कम्पनीसँग चिनाजानी गराइदिएको रहेछ । रोजगारीका लागि पठाउन विश्वव्यापी रूपमा देखिएको कोरोना रोग सङ्क्रमणको कारण केही ढिलो हुन गएको भन्ने कुरा मेनपावर कम्पनीले जनाउँदा ती व्यक्तिहरूले उक्त मेनवापर कम्पनीसँग लगिदिने तपाईं नै हो, त्यसको जिम्मेवारी तपाईंले नै लिनु पर्छ भनी महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा मेरो छोरा विरूद्धमा उजुर गरी सोह्रखुट्टे प्रहरी वृत्तबाट मेरो छोरालाई ०७६/११/२२ गतेमा पक्राउ गरी त्यहाँ लगी निजबाट रू. ५,५०,०००/- रकम तिर्ने कबुलसहितको कागज गराउनुको साथै सोही बखत मिति २०७६/११/२७ गतेको मिति राख्न लगाई रू.१०,००,०००/- को चेकसमेत बल-जबरजस्ती काट्न लगाएको रहेछ । सो कुरा छोरा सोह्रखुट्टे प्रहरी कार्यालयबाट फर्केर आएपश्चात् घरमा बताएको थियो । मिति २०७६/११/२७ गते प्रहरी आई छोरालाई तपाईंको विरूद्धमा बैंकिङ कसूरको अपराधमा जाहेरी परेकोछ भन्दै पक्राउ गरी लगी निजलाई थुनामा राखी मुद्दा अनुसन्धान गर्नका लागि कानूनले चाहिने मनासिब माफिकको आधार र कारण बेगर नै निजलाई म्याद थपको अनुम