निर्णय नं. १०५४० - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५४० - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०२/२९ १०२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ आदेश मिति : २०७७।२।२९ ०७६-WH-०३७२ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक / पक्ष : हस्तबहादुर कार्कीको छोरा, काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं.४ घर भर्इ हाल कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा कैदमा रहेका वर्ष ५८ को मदनबहादुर कार्की विरूद्ध प्रत्यर्थी / विपक्षी : कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौं निवेदकको अप्रेशन गरेको र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को कारण निजको स्वास्थ्यमा सङ्क्रमण हुन सक्ने सम्भावना भएको अनुमान गरी कानूनबमोजिम सक्षम अदालतबाट भएको फैसलाअनुसार लागेको कैद र जरिवानाबापत कैदमा बसी रहेको निवेदकलार्इ घरैमा बसी कैद भुक्तान गर्न आदेश जारी गर्नु बन्दीप्रत्यक्षीकरणको सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.३) निवेदक / पक्षका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री दामोदर खड्का र अधिवक्ताहरू श्री लक्ष्मण थपलिया, श्री प्रमिला कायस्थ र श्री सन्तोष भण्डारी प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भर्इ दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः निवेदकसमेत प्रतिवादी भएको ०६८-FJ-००७८ नं.को बैंकिङ कसूर मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१।२९ मा भएको फैसलाअनुसार मलाई तीन वर्ष कैद र सात करोड चौसठ्ठी लाख तीन हजार दुई सय चौवालिस रूपैयाँ सतासी पैसा जरिवाना भएको छ । सो फैसलाउपर मैले पुनरावेदन गर्न नपार्इ अन्य प्रतिवादीहरू र नेपाल सरकारसमेतले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरी हाल कारबाही चलिरहेको छ । फैसलाबमोजिमको कैद तीन वर्ष म निवेदक पक्राउ परेको मिति २०७३।११।८ देखि मिति २०७६।११।७ सम्ममा कैदमा बसी लागेको कैद भुक्तान भइसकेको छ । लागेको जरिवाना तिर्न नसकेको हुनाले सोबापत चार वर्ष कैद भुक्तान गर्नुपर्नेमा मिति २०७६।११।८ गतेदेखि मिति २०८०।११।७ गतेसम्ममा कैदमा बसी भुक्तान गर्नुपर्ने हुन्छ । मिति २०७६।११।८ गतेदेखि मिति २०७७।२।१५ गतेसम्म तीन महिना सात दिन कैद भुक्तान भइसकेको र बाँकी तीन वर्ष आठ महिना तेइस दिन जरिवानाबापत कैद भुक्तान गर्न हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा कैदमा बसेको छु । मिति २०७७।१।२८ गते म बिरामी भई वीर अस्पतालमा जचाउने क्रममा मलाई आन्द्रा कुहिएको भनी डाक्टरले अप्रेसन गर्नुपर्छ भनेपछि विपक्षीले वीर अस्पतालमा ल्याई मिति २०७७।२।९ मेरो अप्रेसन भएको छ । हाल म उल्लिखित अस्पतालको मेल सर्जिकल वार्ड बेड नं.३२० मा उपचार गराइरहेको छु । कारागारमा मेरो आचरण राम्रो रहेको छ । भरखरै मात्र आन्द्राको अप्रेशन गरेकोले कारागार भित्र खाना, पानी, बसोबाससमेत स्वस्थकर नरहेको र एउटै कोठामा धेरै मान्छेहरू राख्ने गर्दा मेरो स्वास्थ्यमा प्रतिकूल असर पर्ने अवस्था छ । नेपालको प्रत्येक कारागारमा क्षमताभन्दा धेरै गुणा बढी कैदी बन्दी राख्ने गरिएको छ । कारागार भित्र सुत्ने ओछ्यान नै जोडिएर राखी रहेको छ । यस्तो अवस्थामा राज्यले नै कैदी बनाउने र राज्यले नै स्वस्थ वातावरणमा सुरक्षित साथ राख्न नसक्दा म जस्