निर्णय नं. १०५४१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५४१ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१० ३३७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।३।१० मुद्दा : कर्तव्य ज्यान ०७४-CR-१०१० पुनरावेदक / प्रतिवादी : अजिज खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका झल्ला भन्‍ने औशान खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार ०७४-CR-१०११ पुनरावेदक / प्रतिवादी : सहीबाज खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका चिन्की भन्‍ने अलमान खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार ०७४-CR-१०१२ पुनरावेदक / प्रतिवादी : अमिर खाँको श्रीमती जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेकी केशर जाहा खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार ०७४-CR-१०१३ पुनरावेदक / प्रतिवादी : साबिर खाँको श्रीमती जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेकी मोटी पुसु भन्‍ने काफिया खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार ०७४-CR-१०१४ पुनरावेदक / प्रतिवादी : रसुल खाँको छोरा जिल्ला बाँके, खजुरा गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला कारागार कार्यालय, बाँकेमा कैदमा रहेका बाहुर भन्‍ने साकिर खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार ०७४-CR-१०१५ पुनरावेदक / प्रतिवादी : युसुफ खाँको छोरा भारत जिल्ला बहराइज थाना कोतवाली नगर बढीया घर भई हाल जिल्ला कारागार कार्यालय बाँकेमा थुनामा रहेका गुड्‍डु खाँ विरूद्ध प्रत्यर्थी / वादी : अलि हसन खाँको जाहेरीले नेपाल सरकार घटना विवरण कागज गर्ने मानिसहरूले सुनी जानेको आधारमा अनुमान गरी मौकामा घटना विवरण कागज गरेको र अदालतसमक्ष बकपत्र गर्दा मौकाको व्यहोरा अन्यथा भनी प्रतिवादीहरू निर्दोष हुन् भनी बकपत्र गरे तापनि निजहरूको प्रत्यक्षदर्शी साक्षी नभएको हुँदा प्रतिवादीका साक्षीहरू एवम् घटना विवरण कागज गर्ने साक्षीहरूको व्यहोरा एवम् प्रतिवादीको अदालतमा भएको इन्कारी बयान व्यहोरालाई मात्र आधार लिई शव-परीक्षण प्रतिवेदन, घटनास्थल लास प्रकृति मुचुल्का, बरामदी मुचुल्का, कल डिटेल्ससमेतका प्रमाणहरूलाई उपेक्षा गर्न नसिकने । (प्रकरण नं.६) ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको बेलामा घटनास्थलमा मौजुद नरही अन्यत्र थिएँ भनी लिएको जिकिर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन भन्‍नु तर्कसङ्गत नहुने । (प्रकरण नं.११) कुनै अभियोग लागेको अभियुक्तले कसूरसम्बन्धी कुरामा साबिती भएको वा इन्कार गरेको निजको कथनले मात्र निजको पक्ष वा विपक्षमा स्वतः प्रमाणको स्थान ग्रहण गर्दैन बरू सो साबिती वा इन्कारी बयानलाई कुनै आधारभूत, तथ्यपरक वस्तुनिष्‍ठ एवम् निश्चयात्मक प्रमाणबाट समर्थित गराउनुपर्ने । (प्रकरण नं.२८) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५० सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन