निर्णय नं. १०५४३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५४३ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१६ २७३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।३।१६ ०७५-CR-२२४८ मुद्दा: कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.१० घर भई हाल कारागार कार्यालय जुम्लामा थुनामा रहेका रवि खनाल विरूद्ध विपक्षी / वादी : सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.१० बस्ने शंकर खनालको जाहेरीले नेपाल सरकार आवेश प्रेरित हत्या हुनको लागि अभियुक्तमा ज्यान मार्ने रिसइबी, मनसाय र ज्यान जान सक्छ भन्‍ने ज्ञान (knowledge) समेत रहे भएको देखिनु हुदैन । अर्थात् रिसइबी, मनसाय वा मर्न सक्ने ज्ञानपूर्वक गरिएको हत्यालाई आवेश प्रेरित हत्याको परिभाषाभित्र पर्ने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१५) नियन्त्रण गुमाउन सक्ने गरी (loss of control) उत्तेजित बनाउने अवस्था नदेखिएको र स्पष्ट नियत र योजनाका साथ अपराधिक क्रियाकलाप गरी सोको परिणामसमेत विचार गरी गरिने कुनै पनि अपराधिक कार्य आवेशप्रेरित र भवितव्य मान्न नसकिने । (प्रकरण नं.२२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भुवनप्रसाद निरौला र वैतनिक कानून व्यवसायी विद्वान्‌ अधिवक्ता श्री इन्दिरा सिलवाल विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०३२, नि.नं.९४८, पृ.३०१ ने.का.प.२०४६, नि.नं.४०२४, पृ.१२२८ ने.का.प.२०६७, नि.नं.८४१५, पृ.११५९ ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८३६ ने.का.प.२०७५, नि.नं.१००५८, अङ्क ७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री मेदिनीप्रसाद पौडेल सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट उच्च अदालत सुर्खेत फैसला न्या.हरिप्रसाद फुयाल : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको जाहेरी दरखास्त, लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीले अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष गरेको बयान, अभियोग मागदाबी, साक्षीहरूको बकपत्र, सुर्खेत जिल्ला अदालतको फैसला, वादी र प्रतिवादीले उच्च अदालत सुर्खेतसमक्ष पेस गरेको पुनरावेदनको व्यहोरा र उच्च अदालत सुर्खेतको फैसलाको व्यहोरासमेत उच्च अदालत सुर्खेतबाट भएको मिति २०७५।०८।१० को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय नियमबमोजिम पेसी सूचीमा चढी इजलास समक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रवि खनालको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री भुवनप्रसाद निरौला र वैतनिक कानून व्यवसायी विद्वान्‌ अधिवक्ता श्री इन्दिरा सिलवालले प्रतिवादी रवि खनाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय ठहर गरी उच्च अदालत सुर्खेतबाट मिति २०७५।०८।१० मा भएको फैसला प्रमाण, २०३१ को दफा २५ तथा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०४७ भाग ३२ नि.नं. ४२३६ अङ्क १२ मा "फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दाबी प्रमाणित गर्ने