निर्णय नं. १०५४५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५४५ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०४/१८ ३४०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।४।१८ ०७५-WO-०७६२ विषयः उत्प्रेषण / परमादेश निवेदक : भैरवबहादुर के.सी.को नाति साहिला के.सी.को छोरा भक्तपुर जिल्ला, दुवाकोट गा.वि.स.वडा नं.८ को हाल परिवर्तित ऐ.जिल्ला चाँगुनारायण न.पा.वडा नं.१६ बस्ने गोपाल के.सी. विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ स्थित नेपाल लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हाल परिवर्तित नाम नेपाल लायन बहुउद्देशीय सहकारी संस्था लिमिटेडसमेत तहतहमा विभिन्न मुद्दाहरू दर्ता गरी तहतहमै फैसलासमेत हुँदा निवेदकले निर्णय बदर गराई आफ्नो हक स्थापित गराउन नसकेकोमा निर्विवाद रूपमा हक स्थापित नभएको विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.५) आफूलाई मात्र लाभ हुने खालका तथ्य उल्लेख गरी विवादको मूल तथ्यलाई ओझेलमा पारी वा हुँदै नभएका तथ्य उल्लेख गरी रिट क्षेत्रबाट उपचारको माग गरिन्छ भने त्यसलाई सफाहात लिएर अदालत प्रवेश गरेको मान्न नमिल्ने । (प्रकरण नं.६) फैसला अन्तिम भएपश्चात् निवेदक रिट क्षेत्रमा आएकोले अदालतहरूबाट भएको फैसलालाई समेत प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बोर्णबहादुर कार्की र विद्वान् अधिवक्ता श्री जीवनकुमार थापा विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गणेश गिरी, श्री शशिचन्द्र मिश्र अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड मेरो नाममा दर्ता र हकभोग रहेको जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स.वडा नं.८(ख) को कि.नं.१३० को क्षेत्रफल ०-१०-२-० र कि.नं.५७१ को क्षेत्रफल ०-४-०-० जग्गा र सोमा बनेको ३ तले घरसमेत धितो राखी मिति २०६२।११।२६ मा विपक्षी नेपाल लायन बचत तथा ऋण सहकारी संस्थामा रू.८,५०,०००।– कर्जा लिएको थिए । व्यापार व्यवसायमा नोक्सानी भएका कारणले सो कर्जाको किस्ता बुझाउन नसके पनि ब्याज बुझाउँदै आएको थिए । केही समय अगाडि सो कर्जाको ब्याजसमेत बुझाउन नसक्ने अवस्थामा भएकोमा सो कुरा विपक्षी सहकारी संस्थालाई जानकारी गराई आर्थिक अवस्था सुध्रिनसाथ बुझाउनु पर्ने रकम बुझाउने प्रतिबद्धता व्यक्त गर्दै आएको थिए । सो मैले धितो दिएको जग्गाको अवस्था के रहेछ भनी मालपोत कार्यालय, भक्तपुरमा मिति २०७४।१०।१७ गते बुझ्दा सो जग्गाहरू मेरा नाममा कायम नरहेको थाहा जानकारी भयो । मेरा नाममा उक्त जग्गाहरू के कसरी कायम नरहेको हो भनी मालपोत कार्यालय, भक्तपुरबाट मिति २०७५।१०।१७ गते नक्कल सराई हेर्दा निम्न कुरा थाहा जानकारी भयो । सो कर्जाको साँवा ब्याज ऋणीले नबुझाएको हुँदा सो धितो दिएको घरजग्गा लिलाम गरी सहकारीको लेना असुलउपर गर्नको लागि लिलामको सूचना निकालिएकोमा लिलाम कसैले स्वीकार नगरेकाले सहकारीले आफ्नो नाममा लिलाम सकार गरिलिएको कागज खडा गरी मेरो नाम कट्टा गरी सहकारीका नाममा दा.खा. गर्न जग्गाधनी प्रमाण पुर्जा पाऊँ भनी पत्राचार गरिएको रहेछ । सो पत्रका आधारमा मालपोत कार्यालय, भक्तपुरले उक्त जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स.वडा न