निर्णय नं. ४४२२ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४२२ - बकसपत्र बदर भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०८/०८ ३११८ निर्णय नं. ४४२२ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको दे.पु.नं. ४९९ फैसला भएको मिति: २०४८।८।८।१ मा निवेदक/वादी: नुवाकोट जिल्ला झिल्टुङ गा.पं. वा.नं. ८ बस्ने केशवप्रसाद नेपालसमेत विरुद्ध प्रत्यर्थी/प्रतिवादी: नुवाकोट झिल्टुड्ड पिपल गा.पं. वडा नं. ८ बस्ने निलकण्ठ नेपालसमेत मुद्दा : बकसपत्र बदर (१) वादीहरुको उमेर १७ वर्ष ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन अंशबण्डको महलको १९(१) नं. अनुसार निजहरुको मन्जूरी लिनु पर्ने अवस्था देखिन आएन । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री रविन्द्रजंग थापा (साविक पेज नं. ७८१) फैसला न्या.ओमभक्त श्रेष्ठ १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हामीहरु समेतको अंश हक लाग्ने नु.जि. झिल्टुड्ड गा.पं. वडा नं. ८ को कि.नं. ४४८ क्षेत्रफल ६–१–३–१ को जग्गा हामीहरुलाई थाहै पत्तै नदिई एकाघरको पिता निलकण्ठ नेपालले मिति २०४१।१२।२८ मा एकबहादुर अधिकारीलाई हालैको बकसपत्र गरी दिएको भन्ने कुरा २०४३।१०।१६ मा उक्त जग्गामा भोग गर्न आएपछि मात्र मालपोत कार्यालयमा गई ०४३।१०।२५ मा नक्कल सारी हेर्दा थाहा पाएकोले म्याद भित्र फिराद गर्न आएको छु । हामीहरुको मन्जूरी नलिई गरिदिएको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने केशवप्रसाद नेपाल समेतको फिरादपत्र । ३. मैले लिएको जग्गा प्र. निलकण्ठ नेपालले आफू खुश गर्न पाउने जग्गा हो र निजको नाउँमा अरु पनि पचासौं रोपनी जग्गा दर्ता छ । त्यसकारण सिर्फ ६ रोपनी जग्गा बिक्री गर्नलाई वादीहरुको मन्जूरी लिनु पर्ने होइन । मैले लिखत पास भएको मिति देखि भोग चलन गरी आएको छु । २०४३।११।१६ मा जग्गा भोग गर्न आएको भन्ने वादी दावी झुठ्ठा हो । मेरो रु. ८,०००।– भुस्याउने षडयन्त्र रची यो फिराद दिएको मात्र हो । मलाई लिखत गरी दिएको कुरामा वादीहरुलाई मौकैमा थाहा जानकारी थियो । त्यस कारण मलाई प्र. निलकण्ठले गरी दिएको हालैको बकसपत्र लिखत कायमै गरी झुठ्ठा वादीबाट फुर्सद पाउँ भन्ने एकबहादुरको प्रतिउत्तरपत्र । ४. प्र.निलकण्ठले २०४३।११।१६ मा म्यादै गुजारी बसेको रहेछ । ५. यी वादी र बकसपत्र गरिदिने प्रतिवादी लोग्ने स्वास्नी, बाबु छोरा हुनुका साथै एकासगोल बसी आएको कुरामा स्वीकारै गरेको देखिन आएकोले घरको मुख्यले गरेको बिक्री व्यवहारमा जानकारी नपाउने स्थिति रहँदैन । यी सबैका अतिरिक्त प्रतिवादी मध्येको निलकण्ठले प्रतिवादी मध्ये एकबहादुरलाई गरी दिएको लिखत कति खण्ड बदर हुन पर्ने हो फिरादमा उल्लेख गरेको पाइदैन । यस स्थितिमा सम्पूर्ण लिखत बदर गरिपाउँ भन्ने वादीलाई हक अधिकार समेत नभई निश्चित दावी लिई आउन सकेको समेत नहुँदा अदालतले वादी दावी बमोजिम सम्पूर्ण लिखत बदर गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने हुँदा झुट्टा ठहर्छ भन्ने समेत नु.जि.अ. को फैसला । ६. नु.जि.अ.को फैसलामा चित्त बुझेन । शुरु फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेतको वादी तर्फबाट बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ७. शुरुको फैसला विचारणीय हुँदा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीहरुलाई झिकाउनु भन्ने समेत वा.अं.अ. को आदेश । ८. प्रस