निर्णय नं. १०५४६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५४६ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०४/२१ १९४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।४।२१ ०७५-CR-२३१७ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : दुर्गा मण्डलको छोरा मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, मोरङ, विराटनगरमा थुनामा रहेका वर्ष १९ का सुरज मण्डल विरूद्ध प्रत्यर्थी / वादी : गणेश ढकालको जाहेरीले नेपाल सरकार आवेश प्रेरित कार्य र त्यसको प्रतिक्रिया (reaction) को बिचमा यदि आवेश शान्त हुने समय (cooling off period) हुन्छ भने उक्त समय, मनसाय तत्त्वको सिर्जना (creation of intention) हुन प्रर्याप्त हुने भएकोले त्यस्तो कार्यलाई आवेश प्रेरित भन्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ६, नि.नं.८१६७, पृ.९४० ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८३६, पृ.८६५ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री फणिन्द्रप्रसाद पराजुली मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल उच्च अदालत विराटनगर फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्वमा नहर पश्चिममा गोकुल टोल, उत्तरमा एयरपोर्ट र दक्षिणमा बखुटोल यति चार किल्लाबिचमा रहेको गोकुल टोलको ग्राबेल सडकको उत्तरपट्टि रगत जस्तो पदार्थ जमेको, झारहरू मडारिएको, सो स्थानमा इँटा रहेको, सो इँटामा रगत जस्तो रातो पदार्थ लागेको, सोही स्थानमा विपिन ढकाललाई सुरज मण्डल, छोटु दास, रोशन कटुवालसमेतका मानिसहरूले इँटा प्रहार गरी घाइते बनाएको भन्‍नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । मिति २०७३।७।१४ गते राति जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ५ बस्ने विपिन ढकाललाई सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्‍ने सुरेश कट्वाल र छोटु भन्‍ने परमेश्वर दाससमेतका मानिसहरूले विराटनगर-५ स्थित गोकुल टोलमा कुटपिट गरी शक्त घाइते बनाई फरार रहेका हुँदा निजहरूलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकोले निजहरूको सम्बन्धित घर, वतनमा खटी गई खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा दाखिला गराउने भनी हामी प्रतिवेदक प्रहरी कर्मचारीहरूलाई मौखिक आदेश भएको हुँदा निजहरूको खोजतलास गर्दा निजहरूमध्ये सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्‍ने सुरेश कटवाललाई फेला पारी पक्राउ गरी यसै प्रतिवेदन साथ दाखिला गरेका छौं कानूनबमोजिम गरिपाऊँ भन्‍नेसमेत व्यहोराको प्र.स.नि. जिवनाथ आचार्यसमेतको प्रतिवेदन । म जाहेरवालाको छोरा वर्ष ३३ को विपिन ढकाल मिति २०७३।७।१४ गते राति लक्ष्मीपूजाको दिन अन्दाजी ८:०० बजेतिर रमाइलो हेर्न जान्छु भनी घरबाट गएका र हामी घरका अन्य सदस्यहरू घरमा नै व्यस्त भएका थियौँ । यस्तैमा राति २२:०० बजेतिर मेरो छोरा विपिन ढकाललाई सुरज मण्डल, भिमबहादुर मगर, रोशन भन्‍ने सुरेश कटवाल र छोटु भन्‍ने परमेश्वर दाससमेतका मानिसहरूले कुटपिट गरी टाउकोमा इँटा प्रहार गरी शक्त घाइते बनाई भुईँमा लडाएको अवस्थ