निर्णय नं. १०५४८ - करारबमोजिम दायित्व पूरा गराई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५४८ - करारबमोजिम दायित्व पूरा गराई पाऊँ । भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०३/२९ १२९२४ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास स. प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७६।३।२९ ०६६-DF-००१९ मुद्दाः- करारबमोजिम दायित्व पूरा गराई पाऊँ । पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.३ ब्लक नं. ३३ पुल्चोक बस्ने तुलारत्न बज्राचार्य विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ. ब्लक नं. ३३ बस्ने चेत सुन्दरको मु.स. गर्ने तारा श्रेष्ठ पात्रवंश कानूनले तोकेको रीत नपुगेको वा कानूनबमोजिम सरकारी कार्यालयमा हुनुपर्ने रजिस्ट्रेसन नभएको अपरिपक्व (premature) लिखतको आधारमा मात्र अचल सम्पत्तिमा एउटाको हक समाप्ति र अर्काको हक प्राप्ति हुन सक्ने कानूनी व्यवस्थाको अभावमा भएको करारीय लिखतको आधारमा अचल सम्पत्तिको हक हस्तान्तरण हुने गरी लिखत पारित गर्न गराउन अदालतले आदेश दिनु मनासिब र न्यायोचितसमेत नदेखिने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री इन्द्र खरेल तथा विद्वान् अधिवक्ताहरू श्री पिताम्बर सिलवाल, श्री पुरूषोत्तम ढुंगाना, श्री फणिराज सिलवाल, श्री स्निग्धा भट्ट प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सुसिल पन्त, श्री मुक्ती प्रधान, श्री चन्द्रकान्त ज्ञवाली तथा विद्वान् अधिवक्ताहरू श्री लक्ष्मी अर्याल र श्री लिलाधर उपाध्याय अवलम्बित नजिर : ने.का.प.२०४९, नि.नं.४४४७ ने.का.प.२०५९, अङ्क १/२, नि.नं.७०६० ने.का.प.२०६२, अङ्क ८, नि.नं.७५८३ ने.का.प.२०६२, अङ्क ९, नि.नं.७५९३ ने.का.प.२०६२, अङ्क १०, नि.नं.७६१० ने.का.प.२०६३, अङ्क ३, नि.नं.७६७३ ने.का.प.२०६४, नि.नं.७८७४ ने.का.प.२०६४, अङ्क ११, नि.नं.७८९६ ने.का.प.२०६५, नि.नं.७९१५ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ करार ऐन, २०५६ सार्वजनिक खरिद ऐन, २०६३ रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अलि अकबर मिकरानी माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे पुनरावेदन अदालत पाटन सर्वोच्च अदालत संयुक्त इजलासः माननीय न्यायाधीश श्री रणबहादुर बम मा. न्यायाधीश श्री अवधेश कुमार यादव फैसला न्या.हरिकृष्ण कार्की : यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।१०।१७ मा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (घ) को व्यवस्थाअनुसार पूर्ण इजलासमा पेस गर्नु भनी आदेश भएकोले नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. साबिक वडा नं. २० (ख) कि.नं.१६ को क्षेत्रफल ०-६-० जग्गा र सो जग्गामा बनेको घर प्रतिवादी र निजको भाइ कृष्णदेव श्रेष्ठ (पात्रवंश) समेतको संयुक्त नाममा रहेकोले हिस्सा छुट्याई मेरो भागमा आउने ०-३-० जग्गा र सो जग्गामा पर्ने पूर्व पश्चिम लम्बाइ कायम हुने उत्तर दक्षिण १३ फुट चौडाइ भएको घरसमेतको हिस्सा छुट्टाई ज.ध.प्र. पुर्जा प्राप्त भएपछि प्रतिआना रू. १०,५०,००