निर्णय नं. १०५४९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५४९ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/०८/०६ १४५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।८।६ ०७२-CR-०४२३ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : झापा जिल्ला, बाहुनडाँगी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय इलाममा थुनामा रहेको रनबहादुरको छोरा पूर्णबहादुर राई विरूद्ध प्रत्यर्थी / वादी : मानबहादुर दाहाल क्षेत्रीको जाहेरीले नेपाल सरकार वारदातपूर्व नै गम्भीर मानसिक रोगी भएको अवस्थाको परिकल्पना अदालतले गर्ने हो भने सोसम्बन्धी उपचारमा उसको निरन्तरता हुनुपर्ने पनि अदालतले अनुमान गर्नुपर्ने हुन्छ । २०६० सालमा भएको उपचार र २०७० सालमा भएको घटनाबिचमा कुनै पनि औषधी उपचार गरेको उल्लेख छैन । यसबाट पनि अदालतले अपराध गर्दाको अवस्थामा प्रतिवादीको मानसिक स्थिति ठीक थिएन भनी अनुमान गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायीद्वय श्री देवी रेग्मी र श्री शोभा कार्की प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता महेशप्रसाद खत्री अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ८, नि.नं.९०१५ ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५७ सम्बद्ध कानून : मुलुकी अपराध (संहिता) ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री प्रकाश ढुङ्गाना इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री मीरा खड्का मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैध्य पुनरावेदन अदालत इलाम फैसला न्या.सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ : तथ्य खण्ड मिति २०७०।०७।१४ मा दिउँसो अं.१५:०० बजेको समयमा घरबाट मकै पिसाउन भनी घट्टमा गएको मेरो भाइ जिल्ला इलाम इरौटार गा.वि.स. वडा नं.७ बस्ने वर्ष ४० को वेदकुमार दाहाल क्षेत्रीलाई जिल्ला इलाम जिर्मले गा.वि.स. वडा नं.९ स्थित तेलपानी खोला नजिक घाँटी काटी रेटी कर्तव्य गरी मारेको मृतक लास देखी टाउकोसमेत केही पर फेला परेको हुँदा जाहेर गर्न आएको छु, मेरो भाइलाई को कसले के कुन रीत परिबन्दबाट कर्तव्य गरी मारेको हो यकिन नभएको हुँदा यकिन खुली आएका बखत छुट्टै जाहेरी दिने छु भन्नेसमेत बेहोराको मानबहादुर दाहाल क्षेत्रीको जाहेरी दरखास्त । जिल्ला इलाम जिर्मले गा.वि.स. वडा नं.९ स्थित पूर्वमा काँसघारी भएको बगर, पश्चिममा कटहरेको भिरालो पाखो, उत्तर र दक्षिणमा तेलपानी खोलाको बगर यति चार किल्लाभित्र भएको तेलपानी खोलाको पानी नजिक भएको ढुङ्गामाथि सेतो प्लाष्टिकको बोरामा अं.२०/२२ के.जी. मकै भएको मुख बाँधेको अवस्थामा देखिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । जिल्ला इलाम जिर्मले गा.वि.स. वडा नं.९ स्थित पूर्वमा तेलपानी पैनि, पश्चिममा तेलपानी खोला, उत्तरमा मोतिलाल राईको जग्गामा भएको बाँसघारी दक्षिणमा निजकै बारीमा भएको चिलाउनेको रूख यति चार किल्लाभित्र भएको मोतीलाल राईको जग्गामा भएको पैनिको डिलबाट ८ फिट ३ इन्च पश्चिमतर्फ काठको ठुटामा दाहिने खुट्टाको कालो रङको एउटा चप्पल रहेको, उक्त चप्पलदेखि १० फिट पश्चिममा प्लाष्टिकको बरियो भएको नाम्लो रहेको, उक्त नाम्लोदेखि ८ फिट पश्चिममा