निर्णय नं. १०५५० - बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५५० - बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको । भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०१/१० २१०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।१।१० ०७३-CR-००२७ मुद्दाः बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको । पुनरावेदक / प्रतिवादी : मोतिलाल साहको नाति सरयुगप्रसाद गुप्ताको छोरा जिल्ला बारा कलैया न.पा. वडा नं. ६ घर भई राष्ट्रिय वाणिज्य बैंक, बारा, कलैयामा स.ख. चौथो तहमा कार्यरत राधेश्याम गुप्ता (मोबाइल नं. ९८४५१२८४०७) विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयको छानबिन टोलीले मिति २०६३।२।२५ मा पेस गरेको छानबिन प्रतिवेदनउपर आयोगको तर्फबाट अनुसन्धान अधिकृत केदारनाथ भट्टराईको प्रतिवेदनले नेपाल सरकार पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यक नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय रहेको स्पष्ट देखिने । नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य (Actus Rea) र आपराधिक मन वा उद्देश्य (Means Rea) समेतको दुवै तत्त्वहरूको क्रियाशीलता समावेश भएको हुन्छ । प्रमाणपत्रबाट फाइदा नलिएकोबाट कसुर नहुने भन्ने न्यायोचित र कानूनसङ्गत नहुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री हरिशंकर कर्ण प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री मोहनसागर बस्याल अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०१७ / २०५९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री पवनकुमार शर्मा मा. न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी विशेष अदालत काठमाडौं फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । बारा जिल्ला कलैया नगरपालिका वडा नं.६ बस्ने राधेश्याम गुप्ताले मिति २०३५।३।२२ मा स.ग. तेस्रो तहमा अस्थायी पदमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाई मिति २०४८।७।१३ मा राष्ट्रिय वाणिज्य बैंकको स.ख.चौथो तह / पदमा बढुवा हुन सन् १९९२, इन्टर मिडियट इन आर्टस्, रोलकोड नं.३६१, अनुक्रमाङ्क ३०६६८, रजिस्ट्रेसन नं. के ३३१०।८३, कुल प्राप्ताङ्क ३५८, श्रेणी तृतीय इन्टरमिडियट एजुकेसन काउन्सिल कर्पुरी ठाकुर महाविद्यालय मोतिहारीबाट प्राप्त गरेको प्रमाणपत्र हाल राष्ट्रिय वाणिज्य बैंक, बारा, कलैयामा कार्यरत हुँदा बढुवामा पेस भएका शैक्षिक योग्यताका प्रमाणपत्र शंकास्पद देखिन गई राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको छानबिन टोलिले मिति २०६३।२।२५ मा पेस गरेको प्रतिवेदनउपर आयोगबाट विस्तृत छानबिन भएको । आयोगको च.नं.७।८१२, मिति २०७१।०३।०२ को पत्रबाट राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा पत्राचार गरी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको च.न. १३५ मिति २०७१।३।९ को पत्रबाट आयोगमा प्राप्त राधेश्याम गुप्ताले बढुवा प्रयोजनमा प्रयोग गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सन् १९९२, इन्टर मिडियट इन आर्टस्