निर्णय नं. १०५५१ - मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५१ - मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म) भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/१६ ३२४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।५।१६ ०७२-RB-०१५४ मुद्दाः मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म) पुनरावेदक : आन्तरिक राजश्व कार्यालय, भक्तपूरका तर्फबाट प्रमुख कर अधिकृत दीपक खरेल विरूद्ध प्रत्यर्थी : काभ्रेपलाञ्चोक जिल्ला साँगा गाउँ विकास समिति वडा नं.-८ जनागालस्थित क्यूरेक्स फर्मास्युटिकल्स प्रा.लि. राजस्व प्रयोजनका लागि प्रशासकीय पुनरावलोकन गर्न क्रेडिट रकमलाई धरौट मान्न नमिल्ने भएपछि निवेदकलाई अतिरिक्त धरौटी पेस गर्न लगाउने मनासिब मौकासमेत नदिई एकपटक दर्ता भइसकेको निवेदनमा मनासिब विकल्पबिना नै एकपक्षीय रूपमा निवेदन खारेज गरिदिएको कुरालाई न्यायसम्मत् भन्न नसकिने । (प्रकरण नं.६) पुनरावेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शरदप्रसाद कोइराला अवलम्बित नजिर : सम्बद्ध कानून : मूल्य अभिवृद्धि कर ऐन, २०५२ सुरू तहमा निर्णय गर्ने पदाधिकारी: प्रमुख कर अधिकृत श्री राजेन्द्रप्रसाद दाहाल आन्तरिक राजस्व कार्यालय भक्तपुर प्रशासकीय पुनरावलोकनको निर्णय गर्ने पदाधिकारी: महानिर्देशक श्री शान्तबहादुर श्रेष्ठ आन्तरिक राजस्व विभाग पुनरावेदन तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री गोपाल पराजुली राजस्व सदस्य श्री तारादेव जोशी लेखा सदस्य श्री भगिराज इङ्गनाम राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या.प्रकाशकुमार ढुंगाना : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (घ) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड क्यूरेक्स फर्मास्युटिकल्स प्रा.लि.को लागि कर अवधि २०६४ साल श्रावणदेखि २०६६ साल वैशाखसम्मको लागि मूल्य अभिवृद्धि कर र जरिवानासमेत गरी जम्मा रू.४०,०१,४६५।- दाखिला गर्नुपर्ने ठहर्याई उक्त रकम तिर्नु नपर्ने अथवा परिवर्तन गर्नुपर्ने कुनै ठोस प्रमाण भए १५ दिनभित्र पेस गर्नु होला भनी आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट मिति २०६६।३।१९ मा जारी भएको प्रारम्भिक कर निर्धारण आदेश l यस उद्योगले मूल्य अभिवृद्धि करमा खरिद गरेको कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा मेसिनरी खरिदमा तिरेको मूल्य अभिवृद्धि कर (VAT) २०६६ आषाढ महिनाको मास्केवारीबाट मिति २०६६।३।१८ मै समायोजन गरिएको हुँदा जरिवाना गर्नुपर्ने होइन l साथै, औषधी उद्योगलाई शून्यदरको सुविधा खारेज गरेकोले सो सुविधा खारेजी पछि खरिदमा तिरेको मूल्य अभिवृद्धि कर औषधी उद्योगले पाउनुपर्छ । औषधी उद्योगले तिरेको मूल्य अभिवृद्धि कर (VAT) फिर्ता हुने प्रावधान भएमा पुनः क्रेडिट दाबी गर्ने गरी हाललाई समायोजन गरिएको भन्नेसमेत बेहोराको क्यूरेक्स फर्मास्युटिकल्स प्रा.लि.ले आन्तरिक राजस्व कार्यालय भक्तपुरमा मिति २०६६।३।२९ मा दर्ता गराएको लिखित प्रतिवाद । करदाता क्यूरेक्स फर्मास्युटिकल्स प्रा.लि.को कर अवधि २०६४ साल श्रावणदेखि २०६६ वैशाखसम्मको मूल्य अभिवृद्धि कर निर्धारण गर्न निर्णयपर्चा खडा भई रू.४०,०१,४६५।- मूल्य अभिवृद्धि कर निर्धारण गर्ने गरी आन्तरिक राजस्व कार्यालय, भक्तपुरबाट मिति २०६६।३।३१ मा भएको अन्तिम कर निर्धारण आदेश l आन्तरिक राजस