निर्णय नं. १०५५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५३ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/३१ १७३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।५।३१ ०७५-CR-००४३ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : पूर्णबहादुर रावतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धनवीर कंवरको नाति, बलबहादुर कंवरको छोरा, जिल्ला रोल्पा साबिकको नुवागाउँ गा.वि.स., वडा नं. १ बस्ने कविराम कंवर आवेश प्रेरित हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना तथा रिस तत्काल नै जागृत भएको हुन्छ । तत्कालको रिस थाम्न नसकी उत्पन्न आवेश वा उत्तेजनामा गरिने कार्यबाट सम्भावित परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा सोचविचारसमेत नगर्ने हुँदा तत्कालको अवस्थालाई तत्कालीन आवेश वा उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराएको हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कैलासप्रसाद सुवेदी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री धीरबहादुर चन्द उच्च अदालत सुर्खेत फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- जिल्ला सुर्खेत, कल्याण गा.वि.स., वडा नं.१ फलाँटे स्थित पूर्वमा टेकबहादुर वि.क.को जग्गा, पश्चिममा खडगबहादुर रानाको पाखो बारी, उत्तरमा माथिल्लो फलाँटेदेखि रानागाउँ जाने पैदल कच्ची बाटो, दक्षिणमा खडगबहादुर रानाको पाखो जग्गा, यति चार किल्लाभित्र पर्ने खडगबहादुर रानाकै पुरानो गोठतर्फ जाने बाटोमा जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने वर्ष ४९ को कविराम कंवरले ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३४ को श्यामकुमार रावतसँग बिनाकारण झै-झगडा गरी श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले प्रहार गरी श्यामकुमार रावत गम्भीर घाइते भएको भनी देखाइएको भन्नेसमेत बेहोराको घटनास्थल चार किल्ला मुचुल्का । जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे स्थित पूर्वमा हर्कबहादुर घर्ती मगरको पाखो बारी, पश्चिममा रणबहादुर पुनको पाखो बारी, उत्तरमा रणबहादुर पुनको पाखो बारी, दक्षिणमा हर्कबहादुर घर्तीको पाखो बारी यति चार किल्लाभित्र पूर्व पश्चिम मोहडा भएको १४ हात लम्बाइ ९ हात चौडाइ भएको ढुङ्गा माटोले काठले बनाएको जस्ता पाताले छाएको जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ बस्ने वर्ष ८२ का मानबहादुर चौहान मगरको दुई तले चार कोठे कच्ची घरको पश्चिमतर्फदेखि १ मिटरको दुरीमा सोही घरको खाना पकाउनको लागि बनाइएको २ तले २ कोठे ढुङ्गा माटोले बनाएको खरले छाएको पूर्व पश्चिम मोहडा भएको भान्सा घर, उक्त घरको दक्षिणतर्फ रहेको तल्लो तलाको ढोकाबाट भित्र पसी हेर्दा कोदो मकै पिस्ने जाँतोदेखि माथिल्लो तलामा जाने काठको लिस्नो (भर्याङ्ग) भन्दा मुनि उत्तर सिरान दक्षिण गोड्यान गरी उत्तानो अवस्थामा जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने वर्ष ३४ को श्यामकुमार रावतको मृतक लास रहेको, उक्त