निर्णय नं. १०५५४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५४ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०७/२४ २६२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७६।७।२४ ०७६-WO-००१४ विषयः उत्प्रेषण / परमादेश निवेदक : लमजुङ जिल्ला, साबिक सुन्दरबजार गा.वि.स. वडा नं.४ को हाल सुन्दरबजार नगरपालिका वडा नं.७ बस्ने सुरेन्द्रलाल श्रेष्ठसमेत विरूद्ध विपक्षी : सुन्दरबजार नगरपालिका वडा नं.६ मिलन चौक सुन्दरबजार, लमजुङसमेत कानूनले स्पष्टसँग एउटा निकायलाई अधिकार प्रदान गरिरहेको अवस्थामा सो अधिकारमाथि हस्तक्षेप गर्नु न्याययोग्य (Justiciable) हुन सक्दैन । कुनै पनि निर्णय गर्ने विधि र प्रक्रिया संविधान तथा कानूनले नै निर्धारण गरेको हुन्छ । संविधान, कानून वा कानूनले निर्धारित प्रक्रिया उल्लङ्घन गरी वा बदनियतपूर्वक अधिकारक्षेत्रको अतिक्रमण गरी निर्णय भएकोमा सो विरूद्ध उपचार प्रदान गर्न मात्रै असाधारण अधिकारक्षेत्र आकर्षित हुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री आशिष अधिकारी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योति बानियाँ, श्री केदार कोइराला, श्री राजेश्वर अधिकारी र श्री भानुभक्त भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ: तथ्य खण्ड हामी निवेदकहरू जिल्ला लमजुङ सुन्दरबजार नगरपालिकाका बासिन्दा हौं । सुन्दरबजार नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरवासीलार्इ दिने सेवा सुविधाप्रति हामीहरूको सार्थक सरोकार (Meaningful Relationship) छ । हाम्रो बसोबास भएको स्थल लमजुङ जिल्लाको साबिक सुन्दरबजार गा.वि.स. तथा आसपासका साबिकका अन्य गा.वि.स. समेत मिलेर २०७४ सालमा सुन्दरबजार नगरपालिका गठन भएको हो । साबिकको सुन्दरबजार गा.वि.स.को नाममा रहेको हाल सुन्दरबजार नगरपालिका वडा नं.७ (साबिक सुन्दरबजार वडा नं.४) को कि.नं.४८३ को क्षेत्रफल ४-८-०-० जग्गा साबिक सुन्दरबजार गा.वि.स. को नाममा कायम छ । उक्त जग्गासँग जोडिएर साबिक श्री जिल्ला कार्यालय कृषि शाखा लमजुङको नाममा दर्ता रहेको हाल सुन्दरबजार नगरपालिका वडा नं.७ (साबिक सुन्दरबजार वडा नं.४) को कि.नं. ४८२, ४४५ र ७२८ को क्रमशः क्षेत्रफल ७-८-३-०, १०-९-२-० तथा ०-२-२-० गरी जम्मा १८-४-३-० जग्गासमेत सुन्दरबजार नगरपालिकाले प्राप्त गर्न सक्ने अवस्था छ । यसरी उक्त वडा नं.७ मा सुन्दरबजार नगरपालिकाको आफ्नै ४-८-०-० र कृषि शाखा लमजुङबाट प्राप्त हुने १८-४-३-० समेत गरी कुल २२-१-३-० जग्गा सुन्दरबजार नगरपालिकाको नाममा कायम रहन सक्ने अवस्था छ । उक्त स्थान नगरको केन्द्र भागमा पर्ने अधिकांश नगरबासीलार्इ आवत जावत गर्न सुविधा भएको र भौतिक विकाससमेत भइसकेको स्थल हुँदा नगरपालिकाको प्रस्तावित केन्द्रीय भवन निर्माण हुन उपयुक्त छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/५/२६ को बैठकले स्वीकृत गरेको गाउँपालिका तथा नगरपालिकाको केन्द्र निर्धारणसम्बन्धी मापदण्डमा उल्लिखित सबै मापदण्ड पूरा भएको हुँदा सोही स्थानमा प्रस्तावित भवन निर्माण हुने छ भन्ने विषयमा हामी निवेदकहरू ढुक्क थियौं । यसै अवस्थामा सुन्दरबजार नगरपालिकाको मिति २०७५/११/२२ को बैठकद्वारा निर्णय नं.१५ मा “सुन्दरबजार नगरपालिकाको भवन न