निर्णय नं. १०५५६ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५५६ - मोही नामसारी भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०८/२५ १४०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।८।२५ ०७१-CI-११८९ मुद्दा: मोही नामसारी पुनरावेदक / वादी : लिखारामको छोरा जिल्ला बर्दिया, गुलरिया न.पा. वडा नं. १० बस्ने स्व. हरिकृष्ण थारूको मु.स. गर्ने निजको श्रीमती ऐ.ऐ. बस्ने कल्ही थरूनी विरूद्ध विपक्षी / प्रतिवादी : स्व. गगनबहादुर शाहको मुद्दा सकार गर्ने निजकै छोरा जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं.१० बस्ने गोविन्द जंग शाह हकवालाहरू जीवितै रहेको अवस्थामा जग्गाधनीले हकवालाहरूमध्येबाट मोही छनौट नगरेकै आधारमा सम्पत्तिमा रहेको व्यक्तिको भोगाधिकार समाप्त हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राकेशकुमार शर्मा र श्री सुरेशकुमार पौडेल विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रबहादुर खड्का तथा अधिवक्ता श्री कमलप्रसाद खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः भूमि सुधार अधिकारी श्री शंकरबहादुर विष्ट भूमि सुधार कार्यालय, बर्दिया पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री यमुना भट्टराई पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला बर्दिया, साबिक गुलरिया गा.वि.स. वडा नं. ५ख हाल गुलरिया नगरपालिका वडा नं. १० को कि.नं. १७५ को ज.वि. ६-६-१० को जग्गाधनीमा विपक्षी र मोहीमा मेरा बाजे कल्ठा थारू हुन् । विपक्षीको मिति २०६०।२।१८ मा र मेरा बाबुको सोअघि नै मृत्यु भई शेषपछिको हकवालामा म निवेदकसमेत भएको उल्लिखित जग्गा बाजे जीवित हुँदा उहाँले नै जोत कमोद गरी आउनु भएको थियो । निजको मृत्युपश्चात् उक्त जग्गाको दक्षिणतर्फबाट ज.वि. १-११-१० म निवेदकले जोतकमोद गरी जग्गाधनीलाई बाली बुझाउँदै आएकाले उक्त जग्गा मोही नामसारी गरी दिन माग गर्दा नगरिदिएकाले मोही नामसारी गरिपाउँ भनी मोहीका नाति हरिकृष्ण थारूले भूमि सुधार कार्यालय, बर्दियामा मिति २०६१।१०।२८ मा दिएको निवेदनपत्र । विपक्षीका नाममा जारी म्याद घरमा कोही पनि फेला नपरेकाले साक्षीहरूको रोहवरमा मिति २०६२।३।३० मा निजको घरदैलोमा टाँस गरिएको भन्नेसमेत बेहोराको म्याद तामेली प्रतिवेदन । जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं. ५ख को मोही १ नं. लगत जीर्ण भएको र २ नं. लगत नभएको भनी भूमि सुधार कार्यालय, बर्दियाको लगत फाँटबाट लेखी आएको । प्रतिवादी म्यादमा हाजिर नभई बसेको देखियो । मोही कल्ठा थारूका नाममा जम्मा १४-१९-१८ जग्गा मोही कायम भई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेकोमा सोही प्रमाणपत्रको कैफियत महलमा कि.नं.११८, १२९, १३३ र २७३ बाट सबै जग्गा छाडेको छु भनी उल्लेख भएको र माग दाबी कित्ता जग्गा मोही कल्ठा थारूको राख्ने भित्रकै देखिँदा मोही हदबन्दी सम्बन्धमा केही विचार गरिरहन परेन । गुलरिया नगरपालिकाको सिफारिसमा उल्लेख भएअनुसार अन्य हकवालाहरूले माग दाबी जग्गा निवेदक हरिकृष्ण थारूका नाममा मोही हक नामसारी गराउन सबैले मन्जुरी गरी सहीछाप