निर्णय नं. ४४२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०८/११ २५०७ निर्णय नं. ४४२३ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रि.नं. ९२३ आदेश भएको मिति: २०४८।८।११।४ मा रिट निवेदक: नेपालगंज न.पं. वार्ड नं. १ स्थित गोकुल चामल दाल मिल धम्बोजीको प्रो. रामभरोसे कान्दु विरुद्ध विपक्षी : नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशालय राप्ती महाकाली महाशाखा नेपालगंजको शाखा प्रबन्धक डा.नेत्रनारायण शर्मा विषय : उत्प्रेषण (१) प्राधिकरणको नियम अनुसार रिपन्च भएको रिडिङ सिल राखिरहन पनि नहुने र रिसिल गर्दा पहिले देखि नै तोकिई रहेको सेवा शुल्क लिएको देखिँदा मनोमानी जरीवाना भन्न सकिने अवस्था पनि नभएबाट रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपाने विपक्षी/प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. म निवेदकको नाममा दर्ता रहेको गोकुल चामल दाल मिलको लागि औद्योगिक ग्राहक नं. ३३२१ बाट विपक्षी नेपाल विद्युत प्राधिकरण राप्ती महाकाली शाखा नेपालगंजबाट विद्युत लाइन प्राप्त गरी मिल चलाई राखेकोमा विपक्षीका कर्मचारी मेरो मिलमा आई तपाईको मिलको मिटर भित्रको तेश्रो सिल रिपन्च भएको भनी जबरजस्ती मिटर खोल्न थालेकोमा पहिलो दोश्रो सिल नबिग्री तेश्रो सिल बिग्रन सक्दैन भने पछि पुनः ०४६।८।१९ मा पत्र पठाई यो पत्र प्राप्त हुनासाथ मिटर खोल्न दिई मिटर साथमा कार्यालयमा सम्पर्क राख्न आउनु होला । मिटर खोल्न नदिएमा कनेक्सन कटाई कारवाही हुने भनेकोले म निवेदकको मिलबाट विपक्षी कार्यालयमा कर्मचारीले मिटर लाँदा सबै सिल ठिक थियो । ३. विपक्षी निकायबाट २०४६।८।२२ मा लेखेको पत्रमा २०४६।८।२१ मा तपाइको मिलको मिटर यस कार्यालयका इन्जिनियर समेतको टोलीबाट खोली तपाइकै साथमा कार्यालयमा ल्याई टेष्ट गरी पुनः सिल ल्याएको विदितै छ । रिडिङ सिल रिपन्च देखिएको र पहिलो पल्ट रिडिङ सिल लगाउँदा लाग्ने शुल्क अन्तर्गत रु. ५००।– मात्र लगाई मिटर पुनः जडान गरी दिने निर्णय भयो सो रकम बुझाएपछि मिटर पुनः जडान हुने जानकारी गराइन्छ भन्ने पत्र दिइयो । ४. विपक्षी निकायले मैले कुनै अपराध नगरेको अवस्थामा बिना कारण लिन नपाउने रकम लिने निर्णय गरेकोमा सो निर्णय बदर गराउन अन्य कानुनी उपचार नभएकोले सम्मानीत अदालतलाई गुहार्न आएको छु । ५. मेरा मिलमा जडान भएको मिटरको बाहिर काठको बाकसमा पहिलो सिल, त्यस भित्र दोश्रो सिल ठीक अवस्थामा रहेको सबभन्दा भित्रको रिडिङ सिल (साविक पेज नं. ७८४) रिपन्च भयो भन्न मिल्दैन । पहिलो, दोश्रो सिल ठीक अवस्थामा भएकोमा तेश्रो सिल मेरो कारणले बिग्रेको भन्न मिल्दैन । विपक्षीका कर्मचारीले आफै मिटर खोली लैजाँदा सिल बिगारी लगेकोमा रिडिङ सिल रिपन्च भएको भनी मलाई रु.५००।– को भार तोक्न मिल्दैन । कानुनले लिन नपाउने रकम म निवेदकबाट असूल गराउने निर्णय स्वतः बदरभागी छ । यस्तो गैरकानुनी र बलमिचाहा काम बदर नगराएमा फेरि पनि विपक्षीले यसै गरी लिने र यसले सम्पूर्ण ग्राहक विपक्षीको मनमानी कामले पिडित हुनु पर्ने भएकोले यस्तो कारवाही कुनै हालतमा न्यायोचित भन्न मिल्दैन । विपक्षीको नियम र परम्परामा मिटर बिग्रे, लाइन बिग्रे, न