निर्णय नं. १०५५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५५९ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/१०/२६ १३९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।१०।२६ ०७१-WO-०७१३ विषयः उत्प्रेषण निवेदक : सर्लाही जिल्ला, किसनपुर गा.वि.स. वडा नं.५ बस्ने भोला साहको छोरा रामअयोध्या साह तेलीसमेत विरूद्ध विपक्षी : सर्लाही जिल्ला, मलंगवा न.पा. साबिक वडा नं.५ हाल वडा नं.६ बस्ने स्व.मो. नइम मियाँ मुकेरीको छोरा नयाजुल्ला भन्‍ने लालबाबु मियाँसमेत मोही लागेको जग्गाको स्वामित्व कुनै तरहले हस्तान्तरण भएमा मोहीको आधा हक छुट्याउनु पर्ने हुन्छ । तसर्थ, मोही लागेको जग्गाको स्वामित्व हस्तान्तरण भएमा जग्गाको सम्पूर्ण मूल्यको आधा मूल्य नै कायम गर्नुपर्ने हुन्छ अन्यथा मोही लागेको जग्गाको लिलाम बिक्री नै हुन नसक्ने भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(घ) को प्रतिकूल हुने । मोही लागेको जग्गाको जग्गाधनीको हक हिस्सा मात्र लिलाम हुने, मोहीको हक हिस्सा लिलाम नहुने, जग्गाधनीबाट मोहीले आफ्नो आधा हिस्सा जुनसुकै बखत छुट्याई लिई मोही लगत कट्टा गराउन सक्ने हकाधिकार मोहीमा निहित रहेकोमा जग्गाधनीको आधा हिस्साको मात्र न्यूनतम मूल्याङ्कन भएको भनी मान्यता प्रदान गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को मर्मबमोजिम मालपोत कार्यालयले कायम गरेको न्यूनतम मूल्याङ्कनको आधाभन्दा पनि बढी मोल कायम गरी भएको पञ्चकृते मूल्याङ्कन बेरितको भनी मान्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू रामप्रसाद भण्डारी र ओमकुमार दाहाल विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री धिरेन्द्रकुमार मल्लिक अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ: म रामकेवल साह धनी वादी तथा विपक्षी नयाजुल्ला मियाँ भन्‍ने लालबाबु मियाँ ऋणी प्रतिवादी भई चलेको २०६६ सालको दे.नं.१६८२ को लेनदेन मुद्दामा वादी दाबी ठहर हुने भनी श्री सर्लाही जिल्ला अदालतबाट २०६७।६।३ मा भएको अन्तिम फैसलाबमोजिम म वादी रामकेवल साहले २०६८ सालको बिगो नं.२९१ को बिगोको कारबाही गरी वि.नं.१ को स्व.आमा हुसना मुकेरी नामको जिल्ला सर्लाही गा.वि.स.ववरगंज वा.नं.७(क) कि.नं.४४ को ०-१३-० ऐ.कि.नं.४५ को ०-५-१५ जग्गाको मिति २०७०।१।२६ मा जायजात तायदात मुचुल्काको लागि सम्बन्धित जग्गामा डोर कर्मचारी पुगी सो जग्गामा मोही छठु साह रहेको र उक्त जग्गा मोहीले जोतभोग गरी आएको तथा उक्त जग्गामा खोला पसी उकास भएको बालवा भएको गहुँ तथा मकै बाली हुने खालको जग्गा हो र उक्त जग्गाको मूल्य प्रतिकट्ठा रू.१०,०००।- दश हजार हुने भनी जायदात तायदात मुचुल्का २०७०।१।२६ मा भई उक्त जग्गाको पञ्‍चकृते मुचुल्का मिति २०७०।२।२३ मा हुँदा उक्त जग्गामा वादीको वा छठु साहले मोहीको हैसियतले कमाउँदै आएको र उक्त जग्गामा बालुवा भएको साथै खोला पसी उकाश भएको भन्‍ने जायजात मुचुल्काबाट देखिँदा मालपोत कार्यालयबाट निर्धारित न्यूनतम मूल्याङ्कनलाई आधा कायम गरी सोही आधारबाट प्रतिकट्ठा रू.१३,०००।- मूल्याङ्कन गरी उक्त जग्गाको डाँकलिलामको सूचनासमेत विपक्षी नं.१ समेतका नाउँमा रीतपूर्वक तामेल भई निर्धारित गरिएको मिति २०७०।३।१७ मा भएको डाँकलिलाममा म रामअयोध्या साहले सबैभन्दा बढी मोलमा डाँक सकार गरी सम्पूर्ण रकम चुक्ता गरी