निर्णय नं. १०५६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५६३ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/११/२२ १५३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी आदेश मिति : २०७६।११।२२ ०७१-WO-०६३९ मुद्दा : उत्प्रेषण रिट निवेदक : स्व. ओमबहादुर कार्कीको श्रीमती म्याग्दी जिल्ला, राखु पिप्ले गा.वि.स. वडा नं. ४ बस्ने मिनकुमारी कार्की विरूद्ध विपक्षी : विद्यालय शिक्षक किताबखाना, म्युजियम मार्ग, छाउनी, काठमाडौंसमेत आफैँले हत्या गरेको व्यक्तिको निवृत्तिभरण सो हत्या गर्ने व्यक्तिले पाउँदछ भन्नु न्याय, नैतिकता तथा सामाजिक सुव्यवस्थाका दृष्टिले समेत उचित नदेखिने । निवृत्तिभरण पाउने अधिकार पनि एक प्रकारको सम्पत्तिउपरको अधिकार हो । यसबाट पनि आर्थिक लाभ नै प्राप्त हुने हो । त्यसैले निवृत्तिभरणलाई सम्पत्तिभन्दा भिन्न अर्थमा ग्रहण गरेर आपराधिक लाभ स्वयम् सो अपराधकर्मीले पाउने गरी अर्थ लगाउनु अनुचित हुने । (प्रकरण नं.३) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री जीवन लम्साल विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- तथ्य खण्ड हामी श्रीमान् श्रीमतीबिच कहिलेकाहीँ सामान्य झै-झगडा भइरहन्थ्यो । मिति २०६१।६।३० मा हामीहरूबिचको झगडाबाट उठेको आवेशपूर्ण व्यवहारबाट श्रीमान्को परलोक भई कर्तव्य ज्यान मुद्दा तहतह भई सर्वोच्च अदालतबाट समेत फैसला भएको र सोबमोजिमको सजाय काटिसकेकी छु । स्व. पति ओमबहादुर कार्कीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजका नाममा केही धार्मिक अनुष्ठान गरी प्रायश्चित: गर्ने मेरो धोको छ । त्यसका लागि अर्थोपार्जन गर्ने सामर्थ्य ममा छैन । स्वर्गीय पति मिति २०५६।९।२० मा निवृत्तिभरणमा बस्नु भएको र उहाँले शेषपछि इच्छ्याएको व्यक्तिको स्थानमा मेरो नाम तथा फोटो टाँसी शेषपछि पेन्सन खाने व्यवस्था मिलाउनु भएकोमा मैले पनि पतिको शेषपछि उक्त पेन्सन प्राप्त गरी सोही रकमबाट केही धार्मिक अनुष्ठान गरी चित्तशान्त पार्ने सोचाइबाट शिक्षा ऐन, २०२८ को दफा ७२ अनुरूप जिल्ला शिक्षा कार्यालय म्याग्दीमा निवेदन दिएकी थिएँ । जिल्ला शिक्षा कार्यलय म्याग्दीले मेरो उक्त निवेदनउपर कारबाही गर्दा निज मिनकुमारी कार्कीलाई कहिलेदेखि के कति रकम पेन्सन उपलब्ध गराउन मिल्ने हो, यकिन हुन नसकी स्पष्ट निर्देशन पाउन भनी विद्यालय शिक्षक किताबखानामा पठाएको तथा विद्यालय शिक्षक किताबखानाले पनि राय सुझावको लागि शिक्षा मन्त्रालय, ऐन नियम परामर्श शाखामा पठायो । सो मन्त्रालयले समेत कानून मन्त्रालयमा सोधी पठाएकोमा सो मन्त्रालयले निवृत्तिभरण दिन नमिल्ने राय पठाएको रहेछ । सोही रायको आधारमा शिक्षा मन्त्रालयले निर्णय गरी शिक्षक किताबखानामा लेखी पठाएको र शिक्षक किताबखानाले सोही बेहोराको जानकारी मलाई दियो । मैले पतिको निवृत्तिभरण खान पाउँछु भनेर नियतवश रिसइवी राखेर कर्तव्य गरेको होइन । सम्मानित सर्वोच्च अदालतका फैसलामा “मार्ने पूर्वरिसइवीसमेत नदेखिएको” भनी स्पष्ट बोलिएको छ । मेरो तत्कालीन आवेशपूर्ण व्यवहारबाट उत्पन्न परिणामको कानूनी सजाय मैले कानूनबमोजिमनै भोगिसकेकी छु । मुलुकी ऐन, अपुतालीको १९ नं. ले अपुताली पार्ने नियतबाट कसैले कसैलाई