निर्णय नं. १०५६४ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५६४ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०२/१८ ४०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।२।१८ ०७५-CR-१९७५ विषयः- जबरजस्ती करणी पुनरावेदक / वादी : नाम परिवर्तित ३१(०७४-०७५-३३) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगर बस्ने सिंहबहादुर तामाङको छोरा विरेन्द्रकुमार तामाङ जाहेरवाली तथा पीडितको एकआपसमा बाझिरहेको बकपत्रमा उल्लिखित कथनहरूले जाहेरी बेहोरा तथा अभियोग दाबीलाई खण्डित गरिरहेको देखिन्छ । जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी अभियोगमा पीडित तथा जाहेरवालीको यस्तो परस्पर विरोधी कथनलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री खडानन्द तिवारी मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शिवराज अधिकारी माननीय न्यायाधीश श्री पुष्पराज कोइराला उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड जाहेरवालीको छोरी वर्ष ७ की नाम परिवर्तित ३१(०७४-०७५-३४) मिति २०७४/१०/०१ गते दिउँसो अन्दाजी १:०० बजेको समयमा घर नजिकै रहेको चौरमा खेलिरहेको अवस्थामा विपक्षी विरेन्द्रकुमार तामाङले मैले भनेको जसले मान्छ उसलाई म पैसा दिन्छु भनी म जाहेरवालीको छोरीलाई पानी लिन जाऔं भनी हात समाती लगी नयाँ बन्दै गरेको संगिता थिङको घरको भर्‍याङमाथि लगी छोरीलाई समाई सुरूवालको पछाडि तर्फबाट हात लगी औंलाले योनिमा घोचेको भनी छोरीले बताएकीले निज विपक्षीले जबरजस्ती करणी गर्ने उद्देश्यले औंलाले छोरीको योनिमा घोचेकोले निज विपक्षीलाई पक्राउ गरी जबरजस्ती करणीको महलअनुसार कानूनबमोजिम गरी कारबाही गरिपाउँ भन्‍ने बेहोराको नाम परिवर्तित ३१(०७४-०७५-३३) को जाहेरी दरखास्त । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित पूर्वमा मिनबहादुर थापा मगरको घर, पश्चिममा ट्याक्टर ग्यारेजको खाली जग्गा, उत्तरमा क्षेत्रबहादुर लामिछानेको घर र दक्षिणमा खाली खेत यति चार किल्लाभित्र संगिता थिङ तामाङको बन्दै गरेको घर रहेको, सो बन्दै गरेको घरको भुइँ तल्लाबाट माथि छतमा जाने भर्‍याङ रहेको, सोही भर्‍याङको सिँढीमा विरेन्द्रकुमार तामाङले पीडित नाम परिवर्तित ३१(०७४-०७५-३४) ले लगाएको सुरूवालको पछाडितर्फबाट हात लगी हातको औंलाले योनिको भागमा घोची जबरजस्ती करणी उद्योग गरेको भन्‍ने बेहोराको घटनास्थल मुचुल्का । “Presence of dark coloured area” भन्‍नेसमेत बेहोराको पीडित नाम परिवर्तित ३१(०७४-०७५-३४) को स्वास्थ्य परीक्षण प्रतिवेदन । मिति २०७४/१०/०१ गते दिउँसो अं.१:०० बजेको समयमा म आफ्नै घर नजिक रहेको खाली चौरमा साथीहरूसँग खेल्न गई साथीहरूसँग भाँडाकुटी खेलिरहेको अवस्थामा विरेन्द्रकुमार तामाङ हामी खेलिरहेको ठाँउमा आई जसले मैले भनेको कुरा मान्छ म उसलाई पैसा दिन्छु भनी मेरो हातमा समाई पानी लिन जाऔं हिँड् भनी जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.९ पशुपतिनगरस्थित मेर