निर्णय नं. १०५६५ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५६५ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०३/११ १८७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।३।११ ०७४-CR-०६४२ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम १०-D-१४-४५-Z जेडको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी, धरान उपमहानगरपालिका, वडा नं. १४ घर भई हाल कारागार कार्यालय, झुम्कामा थुनामा रहेका वर्ष १९ का केशव गिरी हाडनाता गर्नेको महलमा प्रस्टरूपमा मामाको छोरी र फुपूको छोरा हाडनाता हो भनी नभनेको अवस्थामा जबरजस्ती करणीको अभियोग लागी कसुर ठहर भई सजायसमेत भएका प्रतिवादीलाई प्रयोग हुनै नसक्ने कानूनको दफा लगाएर पेस भएको अभियोगको आधारमा कुनै कानूनले यही भनेको होला भनी अनुमानको भरमा हाडनाता जस्तो फौजदारी मुद्दामा दोषी ठहर गरी सजाय गर्न प्रचलित कानून एवं न्याय र फौजदारी कानूनका सामान्य सिद्धान्तसमेतले नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विकास दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अर्जुनप्रसाद कोइराला सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत विराटनगर फैसला न्या. हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १४ स्थित पूर्वमा धनबहादुर दर्जीको घर, पश्चिममा राम बरालको पक्की घर, उत्तरमा जितबहादुर तामाङको घर र दक्षिणमा विरबहादुर तामाङको घर यति चार किल्लाभित्रमा पर्ने वरिपरि पक्की वाल, टिनको छाना भई दक्षिणतर्फ फर्केको केशव गिरीको एक तले घर, सो घरमा चारवटा कोठाहरूमध्ये दक्षिणबाट दोस्रो कोठाको ढोका खुल्ला रहेको ढोकाभित्र प्रवेश गरी हेर्दा पश्चिम साइडमा विस्तारासहितको खाट, सो खाटमा केशव गिरीले परिवर्तित नाम १०-D-१४-७-A लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मेरो छोरी नाबालिग वर्ष ७ कि परिवर्तित नाम १०-D-१४-७-A ले केही दिनदेखि पेट दुख्ने पोल्ने गरेकोले रूने, कराउने, टोलाउनेसमेत गर्ने गरेकीले निजलाई के भयो भनी सोधी खोजी गर्दा मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा केशव गिरीले मलाई आफ्नै घरमा बोलाई लगी पैसा दिई कुरकुरे किन्न पसलमा पठाई कुरकुरे किनी ल्याएपछि मलाई ललाई फकाई गरी यो कुरा कसैलाई भनिस् भने तेरो हात काटिदिन्छु र चुप्पी रोपी मारी भिरबाट फाली दिन्छु भन्दै घरको कोठाको खाटमा लडाई मैले लगाएको पेन्टी र सुरूवाल खोली निजले पनि लगाएको पेन्ट र काछी खोली आफ्नो लिङ्ग निकाली मेरो योनिमा लिङ्ग छिराई केहिछिन तलमाथि गरी निजको लिङ्गबाट सिँगानजस्तो सेतो पदार्थ निकाली फाली करणी गरेको भनी बताएकीले निज नाबालिगको अभिभावक आमाको हैसियतले यो सूचना सम्प्रेषण गर्न आएको छु । यी प्रतिवादीले मेरो नाबालिग छोरीलाई विभिन्न किसिमका डर, त्रास देखाई जोरजुलुम करकापका साथ जाल परिपञ्च रची आफ्नै घरमा जबरजस्ती करणी गरी