निर्णय नं. १०५६७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५६७ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०८/११ १९३३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।८।११ ०७३-NF-००२४ विषयः उत्प्रेषण / परमादेश पुनरावेदक / विपक्षी : लमजुङ जिल्ला समिभन्ज्याङ गाउँ विकास समिति वडा नं. ९ खर्क बस्ने प्रेमबहादुर भुजेलसमेत विरूद्ध प्रत्यर्थी / निवेदक : लमजुङ जिल्ला, समिभन्ज्याङ गाउँ विकास समिति वडा नं. ९ घर भई हाल ऐ. ऐ. जिता गाउँ विकास समिति वडा नं. १ बस्ने रविना थापा भुजेल लोग्ने स्वास्नीबिच अंश र सम्बन्ध विच्छेद मुद्दा परी मुद्दा अन्तिम फैसला भई कार्यान्वयनको क्रममा रहेको अवस्थामा सोही सम्बन्ध विच्छेद हुने गरी भएको फैसलाका आधारमा नयाँ विवाह गरिएकी पत्नीलाई समेत सम्बन्ध विच्छेद गरेकी पत्नीसँग अंशियार कायम गर्नु न्यायोचित र स्वाभाविकसमेत मान्न नसकिने । अंश पाई सम्बन्ध विच्छेद भइसकेपछि सम्बन्ध विच्छेद भइसकेकी पहिलो श्रीमती पूर्वपतिको परिवारको सदस्य रहेको मान्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री धर्मराज रेग्मी प्रत्यर्थी / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी., विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेल, श्री सुधा खतिवडा र श्री प्रपुसा के.सी. अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१३ ने.का.प.२०५७, अङ्क १, नि.नं.६८४५ सम्बद्ध कानून : यसमा अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दीपकराज जोशी मा.न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. आदेश न्या.कुमार रेग्मी : यस अदालतको मिति २०७१।१२।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (क) र (ख) बमोजिम मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी यस अदालतमा दायर भएको निवेदनमा मिति २०७३।९।८ मा पुनरावलोकनको अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य बेहोरा म निवेदिकाले विपक्षी प्रेमबहादुर भुजेललाई प्रतिवादी कायम गरी मिति २०६८ भाद्रमा लमजुङ जिल्ला अदालतमा अंशसमेत माग गरी सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी थिएँ । विपक्षी प्रेमबहादुर भुजेल, विपक्षी प्रेमबहादुर भुजेलका पिता बुद्धिबहादुर भुजेल, आमा चिजा भुजेल र भाइ अमृत भुजेल गरी जम्मा ४ मूल अंशियारमध्ये विपक्षी प्रेमबहादुर भुजेलको १ भाग अंश भागबाट म निवेदिकालाई आधा अंश दिलाउने गरी लमजुङ जिल्ला अदालतबाट मिति २०६९।४।१० मा फैसला भएको थियो । सो फैसलाउपर विपक्षी प्रेमबहादुर भुजेलले पुनरावेदन अदालत पोखरामा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत पोखराबाट पुनरावेदन जिकिर पुग्न नसक्ने भनी सुरू लमजुङ जिल्ला अदालतको फैसला सदर गरी मिति २०७०।१।२५ मा अन्तिम फैसला भएपछि म निवेदिकाले लमजुङ जिल्ला अदालत तहसिल शाखामा फैसलाबमोजिम बन्डा छुट्याइपाउँ भनी निवेदन दिई बन्डा छुट्ट्याउने प्रक्रिया अगाडि बढिरहेको थियो । वादीले दुई भागको एक भाग अंश छुट्याई पाउने ठहर भई यस अदालतबाट भएको फैसलाउपर परेको पुनरावेदनमा सुरू सदर हुने फैसला भई मुद्दा अन्तिम भएपछि वादीले अंश छुट्याइपाउँ भनी दरखास्त दिई म्याद जारी भएपछि अंशियार कायम गरिपाउँ भनी निवेदन दिएको देखिँदा निज प्रमिला भुजेललाई अंशियार कायम गर्न मिलेन भनी जिल्ला अदालतबाट आदेश भएको थियो । जिल्ला अदालतको उक्त आदेशउपर विपक्षी प