निर्णय नं. ८२६९ - लागु औष‍ध चरेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६९ - लागु औष‍ध चरेश भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०६/२७ ५२८३ निर्णय नं. ८२६९ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०५८ सालको फौ.पु.नं.२८७८, २८७९ फैसला मितिः २०६६।६।२७।३ मुद्दा :– लागू औषध चरेश । पुनरावेदक प्रतिवादीः जिल्ला झापा, पांचगाछी गा.वि.स. वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ७ वस्ने धनकुमारी सिटौला विरुद्ध प्रत्यर्थी वादीः प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला सिन्धुली सिन्द्धेश्वर गा.वि.स. वडा नं. ६ घर भई हाल काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ७ वस्ने लक्ष्मण बराल विरुद्ध प्रत्यर्थी वादीः प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री मोहनकृष्ण खनाल पुनरावेदन फेसला गर्नेः मा.मु.न्या. श्री खिलराज रेग्मी मा.न्या श्री दामोदर प्रसाद प्रजापती § बयानका क्रममा राजीखुशीविना शारीरिक यातना दिइएको अवस्थामा प्रहरीसमक्ष गरिएको पूर्ण वा आंशिक सावित बयान स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यस्ता बयानलाई बिवादरहित प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) § एउटै बरामदी मुचुल्कामा सहिछाप गर्ने कुनै व्यक्तिलाई मुद्दा नै नचलाइनु र कसैलाई चलाइने पर्याप्त आधार के हो सो अभियोगमा केही उल्लेख नै छैन । लागू औषध चरेससम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा छ भन्दैमा हर अवस्थामा हरेक मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय होइन । सबै प्रमाणबाट प्रतिवादीहरू निर्दोष देखिने स्थिति छ भने सोको विरुद्ध आफुले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनु पर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई इन्कार गर्न मिल्दैन । यस्तो फितलो, मनोगत र अनुमानका आधारमा लिएको दावीबाट मात्र यी प्रतिवादीहरूले कसूर गरेको ठहर गर्न कानून र न्यायसंगत नहुने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू श्री डिल्ली मैनाली, डा.श्री रंजित प्रधानाङ्ग प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई अवलम्वित नजीरः नेकाप २०६१ अङ्क १ नि.नं.७३२२ पृ.१११ सम्बद्ध कानूनः § लागू औषध ऐन, २०३३ को दफा ४(क), १४(१) घ (५)१६ अ.बं.१९० नं. § प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)(२) फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः- काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३४ नयां वानेश्वर स्थित कर्म बुढाको डेरा कोठामा चरेश लुकाई राखी खरीद विक्री गर्न लागिरहेका छन् भन्ने सुराकीको आधारमा घर धनी तथा निज कर्म बुढालाई जानकारी दिई घर भित्र प्रवेश गरी हेर्दा उक्त कोठामा कर्मा वुढा, धनकुमारी सिटौला, लक्ष्मण राज बराल र दीपक वुढा समेत वसी रहेको अवस्थामा खानतलासी गर्दा पांच वटा कार्टुनमा चरेशको लप्साहरू भएको उक्त चरेशलाई एकै ठाउमा राखी तत्कालै तौल गर्दा ९९ के.जी. भएकोले वरामद गरी निजहरू चारै जनालाई पक्राउ समेत गरिएको भन्ने मिति २०५३।१।१४ को बरामदी मुचुल्का । बरामद भएको लागू औषध चरेश ९९ के.जि. तथा लागू औषध चरेशको कारोवार गर्ने कर्मा बुढा लगायत धनकुमारी सिटौला, दीपक वुढा