निर्णय नं. १०५७० - दा.खा.नामसारी हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७० - दा.खा.नामसारी हक कायमसमेत भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०९/०१ ३१९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।९।१ ०७१-CI-०४६८ मुद्दाः दा.खा.नामसारी हक कायमसमेत पुनरावेदक / प्रतिवादी : दाङ जिल्ला, तुलसीपुर न.पा.वडा नं.९ बेलुवा भद्रकाली टोल बस्ने गेहेन्द्रबहादुर शाहको नातिनी मछिन्द्रबहादुरको छोरी रेणु शाह विरूद्ध प्रत्यर्थी / वादी : दाङ जिल्ला, तुलसीपुर न.पा. वडा नं.९ बेलुवा घर भई हाल तुलसीपुर न.पा. वडा नं.५ घोराही चोक बस्ने मदनबहादुर शाह एकपटक स्वेच्छाले अन्य अंशमा दाबी नगर्ने भनी हक छाडी विश्वास दिलाई मिलापत्रको कागज गरिसकेको अवस्थामा उक्त मिलापत्रको बेहोराको प्रतिकूल हुने गरी सोही जग्गामा हक कायम गरिपाउँ भनी पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री विष्णुप्रसाद भट्टराई, डा. श्री कुमार शर्मा आचार्य, श्री सविता बराल, श्री रमणकुमार श्रेष्ठ, अधिवक्ताहरू श्री शालिकराम आचार्य, श्री युवराज भण्डारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव, श्री श्यामप्रसाद खरेल, श्री शम्भु थापा, श्री प्रेमबहादुर खड्का अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क १२, नि.नं.९७२५ ने.का.प.२०६३, अङ्क १०, नि.नं.७७७७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दयानाथ खरेल दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री विश्वनाथ जोशी माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी पुनरावेदन अदालत तुलसीपुर फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः म फिरादीकी कान्छी आमा राजकुमारी शाह जीवित रहेको अवस्थामा ३ अंशियारहरूको बिचमा मिति २०५८।५।१५ मा अंश मुद्दामा मिलापत्र भई सम्पत्ति बन्डा भएदेखि बाहेक बन्डा हुन बाँकी कान्छी आमा राजकुमारीको नाममा दर्ता रहेको अबन्डा गोश्वाराको सम्पत्ति र कान्छी आमा राजकुमारी शाहको नाममा जाने भने पनि म फिरादीको नाममा स्रेस्ता कायम रहेको जग्गासमेतमा कान्छी आमाको मृत्युपश्चात् उक्त सबै जग्गा म फिरादीसमेतको समान हक लाग्ने जग्गालाई विपक्षीले एकलौटी आफ्नो हक लाग्छ भनी दाबी गरेकीले उक्त जग्गाको ३ भागको १ भाग मुलुकी ऐन, अंशबन्डाको ३५ नं. तथा जग्गा पजनीको २क नं. बमोजिम म फिरादीको हक कायम गरी मेरो नाममा दा.खा. नामसारी दर्ता गरी चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र । विपक्षी वादी आमासँग छुट्टी भिन्न भई आमाका नाममा बाँकी रहेको सम्पत्ति आमाको अंश भागको हो । अबन्डाको सम्पत्ति होइन । आमासँग म एकासगोलमा बसी आएकोमा आमाको मृत्युपश्चात् बाँकी रहेको आमाको नाउँको सम्पत्ति र मिलापत्रबमोजिम आमाको नाउँमा जाने भनी उल्लेख गरेको कि.नं.१२७२ को जग्गासमेत मेरो नाउँमा दा.खा. नामसारीसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र । २०५८ सालमा बन्डापत्र गर्दा अबन्डा राखिएको जग्गा राजकुमारी शाहको मृत्युपछि मदन शाह, मधुकर शाह र रेणु शाहले पाउनुपर्छ भन्नेसमेत बेहोराको वादीका साक्षी चक्