निर्णय नं. १०५७२ - डाँक लिलाम बदरसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७२ - डाँक लिलाम बदरसमेत भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/१३ १२५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१०।१३ ०६८-CI-०४८८ मुद्दा:- डाँक लिलाम बदरसमेत पुनरावेदक / वादी : जिल्ला सिराहा, थल्हा कटहा गा.वि.स. वडा नं.१ बस्ने लक्ष्मी साहु सोनार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला सिराहा, थल्हा कटहा गा.वि.स. वडा नं.२ बस्ने रामेश्वर यादव साबिक कित्ताका जग्गा दुईवटा कित्तामा परिवर्तन भई दुईजना जग्गाधनी कायम भएकोले उक्त जग्गाको दुई भाग हुँदा विभाजित दुवै कित्तामा उही मोही कायम भएको कारण र अवस्थाबाट अदालतले मोही र जग्गाधनी बाँडफाँट गरेको भन्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शैलेन्द्रकुमार यादव विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री थीरबहादुर कार्की पुनरावेदन अदालत राजविराज फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड स्व. नारायण सिंह नाउँमा दर्ता रहेको जिल्ला सिराहा, गा.वि.स. राजपरको वडा नं.६(ग) को कि.नं.९४ को ०-१५-१५ जग्गामा म फिरादी मोही रहेकोमा मैले मोहीको हैसियतले उक्त जग्गा जोत भोगसमेत गरिरहेको छु । उक्त जग्गाको ०-१५-१५ मध्ये पूर्वतर्फबाट ०-७-१७१/२ जग्गामा मिति ०६४/३/३ गतेका दिन विपक्षी रामेश्वरले आली हाली हलो जोती धानको बिउ छरिरहेको कुरा थाहा पाई जग्गा हेर्न गई विपक्षी रामेश्वरलाई किन जग्गा जोतिरहनु भएको छ भन्दा विपक्षी रामेश्वरले यो जग्गा लिलाम डाँकबाट लिएको छु । यसमा तिम्रो हक रहेन भनी भनेकोमा सोही दिन सिराहा जिल्ला अदालतमा आई नक्कल लिई थाहा पाई म फिरादीको मोही हकमा असर पर्ने गरी डाँक लिलाम गराई आफ्नो नाउँमा सकार गरी दा.खा. पुर्जी लिई जग्गा दा.खा.समेत गराई लिएको हुँदा अन्यायमा परी अ.बं. ३६ नं. का साथै लेनदेन व्यवहारको ४० नं. को हदम्यादभित्रै नालेस गरेको छु । विपक्षी राजविहारी सिंहको स्व. पिता नारायण सिंह नाउँमा दर्ता कायम रहेको जिल्ला सिराहा, गा.वि.स.राजपुर वडा नं.६(ग) को कि.नं.९४ को ०-१५-१५ जग्गामा म फिरादी मोही भएकोले उक्त जग्गामा आधी मेरो स्वामित्व रहेको कुरा निर्विवाद छ भन्ने अर्कोतिर सम्मानित सिराहा जिल्ला अदालतलाई मोही बाँडफाँट गेर्न अधिकारसमेत नरहेको साथै मोही बाँडफाँटसम्बन्धी क्षेत्राधिकार भूमिसम्बन्धी ऐन, २०२१ अनुसार भूमि सुधार कार्यालयको रहेको कुरा प्रस्ट भएकोले उक्त ऐनलाई मिची म फिरादी मोहीलाई असर पार्ने गरी मिति ०६३/३/२९ मा सम्मानित अदालतबाट डाँक लिलाम कार्य सम्पन्न भएको कानूनी प्रतिकूल रहेको भएको डाँक बदर हुने प्रस्ट नै छ तसर्थ मेरो प्रमाण बुझी विपक्षी रासविहारी सिंहले विपक्षी रामेश्वर यादवसँग खाएको ऋणमा स्व. नारायण सिंह नाउँ दर्ता रहेको जिल्ला सिराहा, गा.वि.स. राजपुरको वडा नं.६(ग) को कि.नं.९४ को ०-१५-१५ जग्गामध्ये पूर्वतर्फबाट ०-७-१७१/२ जग्गा डाँक लिलाम भएकोले सो लिलाम डाँक बदर गरी सोही