निर्णय नं. १०५७३ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५७३ - अंश चलन भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/१५ २११२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१०।१५ ०७२-CI-१३२१ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.४ बस्ने नारायणलाल मानन्धरसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २३ को हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १ बस्ने शक्ति मानन्धर भनी लेखिएको शक्तिकुमार बस्नेत महिलाले पतिको थर लिने वा बाबुको थर चयन गर्ने महिलाको अधिकार हो । बालबालिकाले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न पाउने छ भन्‍ने कानूनी व्यवस्था भएकोमा आमाले पेन्सनपट्टामा इच्छाएको व्यक्तिमा छोरा नाता खोली नाबालक छोराको थर बाबुको नलेखी आमाले आफ्नै थर लेखेको आधारमा मात्र बाबुको सन्तान होइन भन्‍न नमिल्ने । (प्रकरण नं.५) वादीको पिताले आफ्नो जीवनकालमा कहिल्यै प्रश्न नउठाई पूर्ण रूपमा आत्मसात् गरेर बाबु छोराको सुमधुर सम्बन्ध कायम रहेकोमा बाबुको मृत्युपछि अंश दाबी गरेपछि केवल डि.एन.ए. परीक्षणको रिपोर्टको आधारमा मात्र वादीका बाबुका दाजुभाइ नाताका व्यक्तिसँग डि.एन.ए. परीक्षण नमिलेको भरमा बाबु छोराको नाता नभएको भन्‍नु उचित नहुने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२५० सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ श्री काठमाडौं जिल्ला अदालत पुनरावेदनबाट फैसला गर्ने:- माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मेरो बाजे स्व. इश्वर मानन्धर र स्व. बज्यैका तर्फबाट जायजन्म भएका जेठा छोरा विपक्षी नारायण मानन्धर, माइला छोरा मेरा पिता रवि मानन्धर भन्‍ने शरदचन्द्र मानन्धर र कान्छा छोरा विपक्षी विष्णु मानन्धर हुन् । त्यसैगरी छोरीतर्फ अविवाहित रहेका सावित्री मानन्धर र गीता मानन्धर हुन् । मेरा पिता रवि मानन्धर भन्‍ने शरदचन्द्र मानन्धरको मिति २०५८/७/५ र आमा राज्युदेवी बस्नेत (मानन्धर) को मिति २०४४/१/११ परलोक भइसकेकोले मेरा पिता रवि मानन्धर भन्‍ने शरदचन्द्र मानन्धरको तर्फबाट अंश हक खाने म फिरादी एक मात्र हकदार हुँ । हामीबिच हालसम्म मानो छुट्टिएको वा अंशबन्डा भएको छैन । मेरो पिताको परलोक भएपछि मलाई विपक्षीहरूले घरमा पाइलासम्म राख्‍न नदिई खान बस्नबाट वञ्चित गरी मेरो कुनै वास्ता नगरेको र मेरो पिताको अंश भाग मैले पाउने हुँदा मलाई पिताको अंश भाग दिनुहोस् भनी विपक्षीसँग पटकपटक अनुरोध गर्दा उल्टै हकार पकार गर्ने र तैँले अंश पाउँदैनस् जे गर्न सक्छस् गर् भनी अंश हकबाट वञ्चित गर्ने व्यवहार देखाएको कारणले बाध्य भई सम्मानित अदालतको शरणमा आएको छु । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति प्रतिवादीहरूकै जिम्मा रहेको र प्रतिवादीहरूकै नाममा रहेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण बन्ड