निर्णय नं. १०५७५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५७५ - अंश नामसारी भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/२६ ६६९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।१०।२६ ०७३-CI-०१४७ मुद्दा: अंश नामसारी पुनरावेदक / प्रतिवादी : स्याङ्जा जिल्ला, अर्जुनचौपारी गा.वि.स., वडा नं.३ बस्ने हर्कबहादुरको छोरा शमशेरबहादुर घर्ती क्षेत्री विरूद्ध प्रत्यर्थी / वादी : स्याङ्जा जिल्ला, अर्जुनचौपारी गा.वि.स., वडा नं. ३ बस्ने हर्कबहादुरको श्रीमती कौशिलादेवी क्षेत्रीको मु.स. गर्ने भुमिजङ्ग जि.सी. अंशबन्डासम्बन्धी विधिशास्त्रले अंश हकलाई नैसर्गिक अधिकारको रूपमा आत्मसात् गरेको पाइन्छ । अंश त्यस्तो कानूनी अधिकार हो, जुन विधिवत् रूपमा प्राप्त वा परित्याग नगरेसम्म समाप्त हुन सक्दैन । विधिवत् रूपमा अंश प्राप्त गरेको वा परित्याग गरेको प्रस्ट एवं प्रत्यक्ष प्रमाणको अभावमा घरसारमा अंशबन्डा भइसकेकोले अंश नपाउने भन्‍न नमिल्ने । (प्रकरण नं.३) अन्यथा प्रमाणित नभएको अवस्थामा एउटै घरमा भए पनि अलगअलग कोठा वा स्थानमा बसी अलगअलग खाए पिएको स्थितिलाई मानो छुट्टिएको मान्नुपर्ने । अंशियारहरूले मानो छुट्टिएको मितिपश्चात् कमाएको धन र लाएको ऋण आ-आफ्नो हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री मदन रेग्मी अवलम्बित नजिर : ने.का.प.२०५२, नि.नं.५०४७ ने.का.प.२०४९, नि.नं.४४६१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री चिन्तामणि बराल स्याङ्जा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री द्वारिकामान जोशी माननीय न्यायाधीश श्री भीमकुमार ओझा पुनरावेदन अदालत पोखरा फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याइपाउँ भनी निवेदन परी दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्र रहेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मेरा पति हर्कबहादुरका दुई श्रीमतीमा जेठी तिलातर्फ जेठा छोरा विपक्षी धौकुमारीका पति भोजबहादुर कान्छा विपक्षी समशेरबहादुर हुन् । म फिरादीतर्फ दुई छोरामा जेठा ओमबहादुर र कान्छा भुमिजङ्ग हुन् । सौता दिदीतर्फ १ छोरीको जायजन्म भएको र सबै छोराछोरीको विवाह दान भइसकेको छ । पति हर्कबहादुरको २०५० साल मार्ग महिनामा सौता दिदी तिलाको २०५२ साल भाद्रमा आफ्नो कालगतिले मृत्यु हुन गएको हो भने सौता दिदीतर्फका विपक्षी धौकुमारीका पति भोजबहादुरको २०६४ सालमा मृत्यु भएकोले हाम्रो घरमा म फिरादी कौशिला स्वर्गीय भोजबहादुरको अंश खाने धौकुमारी, सौतेनी छोरा समशेरबहादुर, मतर्फका छोरा ओमबहादुर र भुमिजङ्ग गरी जम्मा ५ अंशियार छौं । छुट्टी भिन्‍न भएका छैनौं । छुट्टी भिन्‍न भएको प्रमाण विपक्षीबाट पेस हुन पनि सकेको छैन । अंशबन्डा लाग्ने जग्गा स्वर्गीय सौतेनी छोरा भोजबहादुर विपक्षी समशेरबहादुर ओमबहादुरको नाउँमा छ । मेरो नाउँमा १ कित्ता जग्गा पनि छैन । २ नाल भए पनि सगोलमा रहे बसेको अवस्था मलाई छोराबुहारीले ज्यादै हेला होचो गरेकोले मैले खान, बस्न, औषधी उपचार गर्नसमेत नपाई ज्यादै दुःख कष्ट पाएकीले विपक्षीहरूसँग मैले नामसारी गर्नुपर्ने जग्गा नामसारी गरी मेरो अंश मलाई दिनु पर्‍यो । म यो दुःख काटेर बस्न सक्दिन भन्दा विपक्षीहरू १ मुख भई तिमी मरेपछि मात्रै हामीले अंशबन्डा