निर्णय नं. १०५७६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७६ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/२९ २७५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१०।२९ ०७२-CR-०५६० मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / वादी : फुर्दिकी शेर्पाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला भोजपुर, साङपाङ गाउँ विकास समिति वडा नं.६ बस्ने लाक्पा शेर्पाको श्रीमती दाछिकी शेर्पा अपराध हुनलाई अभियुक्तले मृतकलाई मार्ने मनसाय राखेको र मर्नेसम्मको कार्य गरेको स्थापित हुनुपर्छ । मनसायअर्न्तगत मृतक मर्न सक्ने परिणामको पूर्वानुमान र अनुमान गरेअनुसार नै मरोस् भन्ने परिणामको इच्छा अभियुक्तले राखेको थियो भन्ने कुरा निर्विवाद तथ्यबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नरबहादुर पराजुली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुपाल बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृपासुर कार्की भोजपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री बलराम विष्ट माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत धनकुटा फैसला न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत धनकुटाको मिति २०७२।३।७ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड भोजपुर जिल्ला साङपाङ गाउँ विकास समिति वडा नं.६ तीनतले स्थित पूर्वमा दानुरी शेर्पाको आवादी बारी, पश्चिममा भोजपुर सदरमुकामबाट दिङ्गला बजार आवतजावत गर्ने कच्ची मोटर बाटो, उत्तरमा शेर्पा सङ्घको नाममा रहेको खाली जग्गा, दक्षिणमा रूद्राक्ष तारे भिर सामुदायिक वन यति चार किल्लाभित्र रहेको मृतक फुर्वा शेर्पाको ढुङ्गा र माटोले बनेको दुई तले कच्ची घरभित्र मृतक फुर्वा शेर्पा पूर्व टाउको पश्चिमतर्फ खुट्टा पारी उत्तानो परी मृत अवस्थामा रहेको र निजको छातीमा उपचारको क्रममा चिरिएको पुरानो घाउको खत रहेको भन्नेसमेत बेहोराको चार किल्लासहितको मिति २०७१।८।७ को घटनास्थल लासजाँच मुचुल्का । मिति २०७१।८।५ गते १७:०० बजेको समयमा अभियुक्तको भाइ दावा शेर्पालाई अभियुक्त दाछिकी शेर्पा घरमा श्रीमान् नभएको अवस्थामा अन्य परपुरूषसँग हिँड्डुल गर्ने गरेकी हुँदा दिदीलाई सम्झाई बुझाई गर्नु भनी मेरो श्रीमान्ले भनेकाले निजले आफ्नै दिदी दाछिकी शेर्पालाई गाली गरेछन्, सोही कारणबाट निज अभियुक्तले २०७१।८।६ गते बेलुका १८:०० बजेको समयमा फोनबाट हाल घटनास्थल भनिएको घरमा म जाहेरवालीको श्रीमान्लाई बोलाई भाग्न, उम्कन नदिई, छातीमा समाई, हातपात, लछारपछार पारी मेरो बेइज्जत गर्ने तँलाई आज नमारी छाड्दिन भनी लात्ता, मुक्का र आगो फुक्ने प्लाष्टिकको पोलिथिनको पाइपको ढुङ्ग्रीले शरीरको यत्र-तत्र भाग तथा छातीसमेतमा प्रहार गरी सख्त घाइते बनाएको र सोही चोटपीरका कारण मेरो श्रीमान् फुर्वा शेर्पाको मिति २०७१।८।७ गते बिहान १०:०० बजेको समयमा घरमा नै मृत्यु भएको हुँदा निज प्रतिवादी दाछिकी शेर्पालाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।८।८ मा फुर्दिकी शेर्पाले जिल्ला प्रहरी कार्यालय भोजपुरमा दिएको जाहेरी दरखास्त । Mos