निर्णय नं. १०५७७ - राजीनामा लिखत दर्ता बदर गरी नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७७ - राजीनामा लिखत दर्ता बदर गरी नामसारी भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/११/११ २९३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।११।११ ०६९-CI-०८४५ मुद्दा : राजीनामा लिखत दर्ता बदर गरी नामसारी पुनरावेदक / वादी : टहल केवटको नाति रामलाल केवटको छोरा जिल्ला रूपन्देही बलरामपुर गाउँ विकास समितिको हाल परिवर्तित भगवानपुर गाउँ विकास समिति वडा नं.५ मौजा मुजहना बस्ने रामसमुझ केवटसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : टहल केवटको नाति रामलाल केवटको छोरा जिल्ला रूपन्देही सिपवा गाउँ विकास समिति वडा नं.७ को हाल ऐ. भगवानपुर गाउँ विकास समिति वडा नं.५ मौजा मुजहंना बस्ने छत्री केवटसमेत सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि अंश हकलाई सीमित वा सङ्कुचित गर्ने गरी मन्जुरी वा साक्षी नराखी कुनै लिखत गरिन्छ भने त्यस्ता लिखतलाई असल नियतले पारिवारिक हितको लागि गरेको स्वाभाविक व्यवहार मान्न नसकिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क १, नि.नं.९९३१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विष्णु सुवेदी रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालत बुटवल रूपन्देही फैसला न्या.डा.मनोजकुमार शर्मा : पुनरावेदन अदालत बुटवलको मिति २०६९।२।२४ को फैसलाउपर वादीको तर्फबाट साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड मूल पुरूष बाजे टहल केवटको छोरा रामलाल केवटको ५ भाइ छोराहरूमा जेठा म वादी रामसमुझ केवट, माहिला सिरपत केवट, साँहिला उत्तपत केवट, काइला जगपत केवट र कान्छा प्रतिवादी छत्री केवट हुन् । जगपतको ४ भाइ छोराहरू लालबहादुर केवट, छोटेलाल केवट, डुग्गे केवट र राम केवट हुन् । बाजे, बज्यै, बाबु आमा, जगपत केवट र निजको श्रीमतीसमेतको मृत्यु भइसकेको छ । २ जना दिदीबहिनीको विवाह भइसकेको छ । बाँकी हामी वादी प्रतिवादीहरू एकासगोलमा बसी आएका छौं र हाम्रोबिचमा अंशबन्डा भएको छैन । मिति २०६६।४।१४ मु.नं.०६७-०६६-०९४६ को अंश नामसारी मुद्दा सम्मानित अदालतमा कारबाहीयुक्त अवस्थामा छ । उक्त अंश नामसारी मुद्दामा तायदाती फाँटवारीसमेत दाखिला भएपछि जग्गा कम भएको देखी हेर्न जाँदा दिने छत्री केवट लिने ओमप्रकाश भर भएको र.नं.४०९(ङ) मिति २०६६।४।२६ गते पारित राजीनामाको नक्कल २०६७।१०।१७ मा मालपोत कार्यालय, रूपन्देहीबाट सारी लिँदा थाहा भयो । यसरी मुद्दा चल्दाचल्दैको अवस्थामा हाम्रो मन्जुरी नलिई हामी वादीहरूको अंश हकमा प्रत्यक्ष असर पार्ने गरी भएको र.नं.४०९ मिति २०६६।४।२६ को राजीनामामा उल्लिखित जिल्ला रूपन्देही सिपवा गाउँ विकास समिति वडा नं.७ ख कि.नं.५१ ज.वि.०-१०-१२ कि.का. भई हाल कायम भएको कि.नं.४६७ को ज.वि.०-३-७ मध्ये ५ भागको २ भागमा पर्ने पूर्वतर्फबाट ज.वि.०-१-७ जग्गाको लिखत बदर गरी हामी वादीहरूको नाउँमा संयुक्त दाखिल खारेज नामसारी गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।११।४ को फिराद पत्र । यी विपक्षीहरूको अंश हक लाग्ने नलाग्ने सम्बन्धमा मूल अंश नामसारी मुद्दामा हामीले दिएको प्रतिउत्तर बेहोराबाट तथा सो ल