निर्णय नं. १०५७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७८ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/११/१४ १७०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।११।१४ ०७३-WO-००८६ मुद्दा : उत्प्रेषण निवेदक : पर्सा जिल्ला, जगरनाथपुर गा.वि.स. वडा नं. २ मा बस्ने गंगा ठाकुर लोहारको छोरा मखन ठाकुर लोहार विरूद्ध विपक्षी : पर्सा जिल्ला अदालत वीरगन्जसमेत लेनदेनको बिगो दाखिल भइसकेको अवस्थामा यस्तो रकम जोसुकैले दाखेल गरेको भए तापनि साहुले फैसलाले पाउनुपर्ने ठहरेको बिगो बुझ्नुपर्ने हुन्छ । साहुको सरोकार कानूनबमोजिमको साँवा ब्याजसँग सम्म हुन्छ । आफूले पाउनुपर्ने साँवा ब्याज अदालतमा पेस भइरहेको अवस्थामा त्यसलाई इन्कार गरेमा अन्यथा स्वार्थ रहेको मान्नुपर्ने हुन्छ जसलाई कानूनले चिन्दैन, मान्दैन र सहयोग गर्दैन । लिलाम, तामेली मुचुल्का, दा.खा.समेत बदर भई साधिकार अदालतबाट अन्तिम किनारा लागिसकेको अवस्थामा बदर भइसकेको लिलाम सक्रिय हुने अवस्था रहँदैन । साथै आफूले फैसलाले भराई पाउने रकम दाखिल हुँदा साहुले बुझ्नु नपर्ने कानूनी आधार नरहने, नहुने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री हरिकृष्ण अधिकारी र श्री राजीव आचार्य विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.टंकबहादुर मोक्तान : नेपालको संविधानको धारा १३३(२), (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड वादी विपक्षी नजरूल खातुन र प्रतिवादी विपक्षी टुनी ठाकुर लोहार भएको दे.नं. १११७ को लेनदेन मुद्दामा भएको फैसलाबमोजिम पर्सा जिल्ला अदालतबाट बिगो भराउने क्रममा म निवेदकको नाममा दर्ता रहेको पर्सा जिल्ला, जगरनाथपुर गा.वि.स. वडा नं.१ कि.नं. १८७ को ज.बि. ०-६-१० मध्ये बाटोतर्फबाट ०-१-६ विपक्षी नजरूल खातुनले लिलाम सकार गरेउपर मैले पर्सा जिल्ला अदालतमा मिति २०७१।३।२६ को लिलाम कार्यलगायत मिति २०७१।३।२० को तामेली पर्चासमेत बदर गरी उक्त जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी पर्सा जिल्ला अदालतमा CP २१५ को लिलाम पर्चा बदर दर्ता मुद्दा दायर गरी पुर्पक्ष हुँदा मिति २०७१।३।२६ को लिलाम कार्य तथा मिति २०७१।३।३० को तामेली पर्चा एवं सोको आधारमा विपक्षी नजरूल खातुनको नाउँमा भएको दर्तासमेत बदर हुने ठहर्छ भनी मिति २०७२।५।३ मा फैसला भएको र उक्त फैसला अन्तिम भएर बसेको छ । पिता गंगा ठाकुर र आमा रूकमणीको दाम्पत्य जीवनबाट ३ छोराहरूमा क्रमशः वीरेन्द्र ठाकुर, माहिला विपक्षी टुनी ठाकुर र कान्छा म निवेदक मखन ठाकुर हौं । विपक्षी टुनी ठाकुर ऋणी भई विपक्षी नजरूल खातुनबाट रू.१,१०,०००।- कर्जा लिई लेनदेन मुद्दा दायर गरी फैसला गराई सोही फैसलाबमोजिम बिगोबापतमा म निवेदकको नाउँ दर्ता रहेको पर्सा जिल्ला, जगरनाथपुर गा.वि.स. वडा नं. १ कि.नं. १८७ को ज.वि. ०-६-४ मध्ये ०-१-६ जग्गा जम्मा बिगो रू.१,९१,१३७।३३ मध्ये रू.६५,००५।- मा मिति २०७१।६।१६ मा लिलाम हुँदा मलाई कुनै किसिमको जानकारी दिइएको छैन । विपक्षीहरूबिच भएका तमसुकमा मलाई साक्षीसमेत राखिएको नहुँदा पर्सा जिल्ला अदालतबाट मिति २०७१।३।२६ मा भएको लिलामी र मिति २०७१।३।३० मा भएको तामेली पर्चासमेत बदर गरिपाउँ भनी फिराद दायर गरी पुर्पक्ष हुँदा उक्त लिलाम र दर्तासमेत बदर हुने ठहरी मिति २०७२।५।३ मा फ