निर्णय नं. ४४२४ - बिक्री बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२४ - बिक्री बदर भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/११ २४३२ निर्णय नं. ४४२४ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको दे.पु.नं. ५५९ आदेश भएको मिति: २०४८।११।११।१ मा पुनरावेदक/प्रतिवादी: जिल्ला रोल्पा शखी गा.पं. वा.नं. २ (साविक पेज नं. ७८६) बस्ने दीर्घबहादुर खड्का क्षेत्रीसमेत विरुद्ध विपक्षी/वादी: ऐ.ऐ.सेनाम गा.पं. वडा नं. ५ बस्ने प्रेमबहादुर खत्री क्षेत्रीसमेत मुद्दा : बिक्री बदर (१) खेलो व्यापार गर्न गरेको विक्रीलाई घर व्यवहार चलाउन लिएको मान्न नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.केशवप्रसाद उपाध्याय १. श्री म.प.क्षे.अ.को मिति २०४०।९।१० को फैसला उपर पुनरावेदन गर्न अनुमति प्राप्त भर्ई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. प्रेमबहादुर भूपबहादुरको आमा म मनमतिको लोग्ने अन्यायवाला यमबहादुर र निजकी कान्छी स्वास्नी समेत ५ अंशियार भई २०३५।७।१७ गते अन्यायवाला र रामचनी एकतर्फ हामी एकातर्फ भई मानोसम्म छुट्टिई बसेपछि हामीलाई थाहा नदिई १९९६ सालको दर्तावाला इन्द्रवीरबाट सगोलकै धनले अन्यायवालाको नाममा हदमुनिको राजीनामा भएको तिरो रु.।६९ मध्ये विक्रमबहादुरको तेर्सो बाटो र जसपुर जाने बाटो सो पूर्व समेत ४ किल्ला भित्रको तिरो रु. ।४६ लागेको कोदाले भन्ने घरवारी पाखा रु. ९,०००।– मा दीर्घबहादुर खड्का क्षेत्रीलाई ऐ.को मोठमा अन्यायको बाबु नन्दुको नाममा दर्ता भएको तिरो रु. ।१२ मध्ये वेलमतिको तेर्से ढिक देखि पूर्व समेत ४ किल्ला भित्रको तिरो रु.।५ लागेको कुसुण्डे भन्ने कुटे चउर पाखो मित्रबहादुर डागीलाई रु.२०००।–मा २०३५।५।१५ मा राजीनामा गरी दिई ऐ.१६ गते रजिष्ट्रेशन गरेको कुरा ऐ.१९ गते नक्कल सारी लिई थाहा पाएको हुँदा हाम्रो मन्जूरी बेगर गरी दिएको राजीनामाको ५ खण्डको ३ खण्ड बदर गरी हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. कोदाले भन्ने घरवारी खेत मैले नै आर्जेको हुँदा लेनदेन व्यवहारको १० नं. ले आफूखुशी गर्न पाउने हुँदा विक्री गरेको हो । कुटेचवर पाखो फिरादी मध्येका २ छोरालाई पढाउँदा लागेको ऋण कर्जा बुझाउँदा विक्री गर्नु पर्ने हुनाले फिरादीहरु र मेरो कान्छी श्रीमतीबाट २ बहिनी छोरी समेतको अंश र विवाह खर्च लाग्ने हुँदा उक्त जग्गा विक्री गरेको हुँ नालेशबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तरपत्र । ४. प्रतिवादी यमबहादुरका उपर मात्र नालेश गरेको देखिन आएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत रोल्पा जिल्ला अदालतको फैसला । ५. शुरुले खारेज गर्ने गरेको निर्णय मनासिब हुँदा सदर हुने ठहर्छ भन्नेसमेत राप्ती अञ्चल अदालतको फैसला । ६. खरिदी लिनेलाई नबुझी अ.बं. १३९ नं. को विपरीत हुँदा अञ्चल अदालतको फैसला बदर हुन्छ कानुन बमोजिम निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत म.क्षे.अ. को फैसला । ७. तिरो रु. ।१२ मध्ये ।५ कुटेचवर पाखो जग्गा मैले रु. २०००।– मा २०३५ सालमा लिएको हुँ । यामबहादुरको बण्डाको जग्गा लिएकोमा विक्री बदर हुने होइन भन्ने समेत पेटबोलीबाट बुझिएका प्रतिवादी मित्रबहादुर (साविक पेज नं. ७८७) डाँगीको बयान । ८. फिरादीहरु २०२६ सालमा प्र.यामबहादुर संग छुट्टी भिन्न गरी बसेका छोराहरुलाई पढाउँदा र छोरीहरुको विवाह खर्चको लागि जग्गा बेच्नु