निर्णय नं. १०५७९ - लागु औषध (हेरोइन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५७९ - लागु औषध (हेरोइन) भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०३/१९ ४२३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।३।१९ ०७४-CR-०५९१ मुद्दा: लागु औषध (हेरोइन) पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला, समुन्द्रदेवी गा.वि.स. वडा नं.२ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं.६) घर भई हाल काठमाडौं जिल्ला, गोंगबु गा.वि.स. वडा नं.३ (हाल टोखा नगरपालिका वडा नं. ८) बस्ने सुभद्रा भन्ने सानुमाया तामाङसमेत कुनै व्यक्तिले लागु औषधको कारोबार गर्ने व्यक्तिलाई चिन्दैमा लागु औषधको कारोबार गर्ने व्यक्तिसँग आवतजावत, उठबस तथा सम्पर्क हुँदैमा ठोस प्रमाणको अभावमा त्यस्तो व्यक्ति पनि दोषी हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुसाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ५, नि.नं.१००११ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टेकराज नेपाल माननीय न्यायाधीश श्री प्रेमराज कार्की पुनरावेदन अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ । मिति २०७१।०१।२६ गते बिहान अन्दाजी ११:०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं.१६ बालाजु माछापोखरी स्थित रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा ठुलो परिमाणमा लागु औषध (हेरोइन) को कारोबार भइरहेको छ भन्ने गोप्य सुराकीमार्फत जानकारी प्राप्त भई उक्त गेष्ट हाउसको उक्त कोठामा जाँदा शंकास्पद तवरमा रहेका मानबहादुर तामाङ, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामासमेतको शरीर तथा कोठा खानतलासी लिँदा निजहरूमध्येका मानबहादुर तामाङले पछाडि भिरेको बेचबिखन कारोबार गर्न बोकेको POWER लेखिएको कालो झोलामा पत्रिकाले बेरेर लुकाई छिपाई राखेको लागु औषध (हेरोइन) जस्तो देखिने पदार्थ प्याक गरेको २ वटा पाकेट फेला पारी दुवै पाकेट प्लाष्टिकसहित तौल गर्दा ५२२ ग्राम र दुवै पाकेटको प्लाष्टिक हटाई तौल गर्दा ५०२ ग्राम र पुरानो फुटेको मोबाइल थान–१ र राजबहादुर तामाङको साथमा निजकै नामको नागरिकताको प्रमाणपत्र, निजकै नामको नेपाली राहदानी, उक्त POWER लेखिएको कालो झोलासमेत प्रहरीले नियमानुसार बरामद गरी लगेको स्थानको चारकिल्लासहितको विवरण ठीक छ भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०७१।०१।२६ गते बिहान अन्दाजी ११:०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं.१६ बालाजु माछापोखरी स्थित रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा ठुलो परिमाणमा लागु औषध (हेरोइन) को कारोबार भइरहेको छ भन्ने गोप्य सुराकीमार्फत जानकारी प्राप्त भई उक्त गेष्ट हाउसको उक्त कोठामा जाँदा शंकास्पद तवरमा रहेका मानबहादुर तामाङ, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामासमेतको शरीर तथा कोठा खानतलासी लिँदा निजहरूमध्येका मानबहादुर तामाङले पछाडि भिरेको बेचबिखन कारोबार गर्न बोकेको POWER