निर्णय नं. १०५८० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५८० - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०३/२२ २०४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. मनोजकुमार शर्मा आदेश मिति : २०७७।३।२२ ०७१-WO-०६६२ मुद्दाः उत्प्रेषण निवेदक : पर्वल शाहीको छोरा कालिकोट जिल्ला मान्मा गा.वि.स. वडा नं. ५ बस्ने मिनबहादुर शाही विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत जग्गा दर्ताको विषय मालपोत कार्यालयको क्षेत्राधिकारभित्रको विषयवस्तु भएको हुँदा जग्गा दर्ता हुने वा नहुने भन्‍ने सम्बन्धमा मालपोत कार्यालयले नै निर्णय गर्नुपर्ने हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय क्षेत्राधिकारविहीनताको आधारमा बदर हुँदैमा त्यसले जग्गा स्वत: दर्ता हुन्छ भन्‍ने अर्थ लाग्दैन । यसको आशय जुन निकायको क्षेत्राधिकार हो त्यसैले वस्तुनिष्ठ र पारदर्शीरूपमा हेर्नुपर्ने । (प्रकरण नं.१०) विवादित सम्पत्तिमा विभिन्न पक्षहरू मिली एकआपसमा तेरो मेरोको स्थिति देखाई निवेदन दिए भन्दैमा सम्बन्धित कार्यालयले अनिवार्य रूपमा तेरो मेरोमा सुनाउनुपर्छ भन्न मिल्दैन । दाबीको औचित्य र प्रमाण हेरी कसैको पनि दाबी अस्वीकार गर्न सकिने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री विष्णु लुइँटेल र श्री धनेन्द्रबहादुर श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८६६ ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५८ ने.का.प.२०७६, अङ्क २, नि.नं.१०२०६ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम दायर हुन आएको यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार रहेको छ: तथ्य-खण्ड म रिट निवेदकका जिजु बाजे रतु शाहीका नाममा १९४६ सालमा घर धुरी दर्ता भई सोबमोजिम घर बनाई बसोबाससमेत भएको शेर्मा ।२५ पैसा तिरी चर्ची आएको साबिक मान्मा मौजाका तालुकदार मुखिया महावीर शाही जिम्माको घरजग्गा मेरो भाग बन्डामा परी मैले नै एकलौटी भोगचलन गरिआएको र ७ नं. फाँटवारी फाराम भर्न छुट भएको पूर्व ठाडो गढ पश्चिम ठाडो गढ उत्तर धन सिं शाहीको पाखो जग्गाको तेस्रो गढ दक्षिण तेस्रो गढ यति चार किल्लाभित्रको कोट भन्‍ने पाखो अन्दाजी माटो मुरी १२-०-० को जग्गा साबिक जिजुबाजे रतु शाहीदेखि हालसम्म मैले नै घरवास बनाई भोग चलन गरिआएको पछि ता.मु. रत्‍नबहादुर शाहीको जिम्मामा रही निजले नामसारी दाखिला खारेज मोठ खडा गरी मेरो एकलौटी साबिक दर्ता घरजग्गा हो । उक्त जग्गा साबिक दर्ता स्रोतको आधारमा मैले नै अविच्छिन्‍न रूपमा निर्विवाद तवरले भोगचलन गर्दै आएको छु । उपरोक्त माथि उल्लिखित चार किल्लाभित्रको साबिक मान्मा मौजाका तालुकदार मुखिया महावीर शाही जिम्मा भई हाल ता.मु. रत्‍नबहादुर शाहीले मेरा नाममा मुलुकी ऐन, जग्गा पजनीको २ नं.बमोजिम पाखातर्फको नामसारी दा.खा. मोठ खडा भएको जग्गा २०५२ सालमा सर्भे नापी हुँदा जिल्ला कालिकोट मान्मा गा.वि.स. वडा नं.५ स्थित कि.नं.१६७२ को जग्गामा नाप नक्सा हुन गई उक्त कित्ता जग्गामा मेरो क्षेत्रफल ०,९००० को जग्गासमेत घुस्न गई नापी भई क्षेत्रफल १,१९,५९० वर्गमिटर कायम रहन गयो । उक्त क्षेत्रफलमध्ये मेरो साबिक चार किल्लाभित्रको मेरा जिजु बाजेदेखि नै मैले भोग गरी तिरो तिरी चर्ची आएको जग्गा जम्मा ९,००० (नौ