निर्णय नं. १०५८२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५८२ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०४/१९ १८२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।४।१९ ०७६-RC-०१३० मुद्दाः- कर्तव्य ज्यान वादी : मालती थारूको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला कपिलवस्तु बुद्धबाटिका न.पा. वडा नं. ४ घर भई हाल कारागार कार्यालय पाल्पामा थुनामा रहेकी कुमारी थारू आत्मरक्षाको जिकिर निरपेक्ष रूपमा प्राप्त हुने उन्मुक्तिको विषय होइन । आफ्नो जिउ ज्यानमा उत्पन्न भएको खतराबाट छुटकारा पाउन हरसम्भव प्रयास गर्दा पनि उम्कन सम्भव नभई जिउ ज्यान नरहने अवस्था भएमा बच्ने उम्कने उद्देश्यबाट मनासिब बल (reasonable force) प्रयोग गर्ने छुटसम्म कानूनले दिएको हुन्छ । आफ्नो जिउ ज्यान नरहने अवस्था भएको र सो खतराबाट उम्कन गरेको कुनै कार्यबाट घटना घट्न गएकोमा मात्र आत्मरक्षाको सुविधा वाञ्छित हुने । (प्रकरण नं.४) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दायाराम ढकाल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दयानाथ खरेल माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.दीपककुमार कार्की : उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।२।७ मा भएको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा १०(१) बमोजिम साधक जाँचको लागि पेस भई यस अदालतमा साधकमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची-१२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाको बेहोरा सोही अदालतबाट भएको मिति २०७६।२।७ को फैसलाबाट देखिने हुँदा यहाँ सो फैसलाको पुनरावृत्ति गरिएको छैन । अदालतको ठहर नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा सुरू रूपन्देही जिल्ला अदालतबाट प्रतिवादी कुमारी थारूलाई सर्वस्वसहित जन्मकैदको सजाय हुने गरी भएको फैसला उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।२।७ मा सदर भई सो फैसला साधक जाँचको लागि मिसिल प्राप्त हुन आई मिति २०७६।११।६ मा यस अदालतको साधक दायरीमा दर्ता भएको देखियो । यसमा सम्बन्धित मिसिल अध्ययन गरी हेर्दा, उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको छ, छैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । २. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी कुमारी थारूले आफ्नो पति शिव थारूको ज्यान मार्ने उद्देश्यले निजलाई ढुङ्गाको सिलौटा प्रहार गरी कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. अनुसारको कसुर गरेकाले निज प्रतिवादीलाई सोही ऐन महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू रूपन्देही जिल्ला अदालतबाट निज प्रतिवादी कुमारी थारूलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको फैसलाउपर चित्त नबुझाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी निज प्रतिवादीको पुनरावेदन पेरकोमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट प्रतिवादी कुमारी थारूलाई सर्वस्वसहित जन्मकैद गरेको सुरूको फैसलालाई सदर गरी साबिक अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)