निर्णय नं. १०५८३ - लागु औषध बिक्री वितरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५८३ - लागु औषध बिक्री वितरण भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७६/१०/१६ ३२८६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।१०।१६ मुद्दा : लागु औषध बिक्री वितरण ०६७-CF-०००९ पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन र रोयल क्यानाडा माउन्टेड पुलिस नयाँ दिल्लीको टेलिफ्याक्स मेसेजसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २ बस्ने राजेन्द्र गोपाल राजभण्डारीसमेत ०७१-CR-१५५६ पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन र रोयल क्यानाडा माउन्टेड पुलिस नयाँ दिल्लीको टेलिफ्याक्स मेसेजसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मकवानपुर जिल्ला, साबिक आग्रा गा.वि.स. वडा नं. ३ स्थायी वतन भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ४ धोबिघाट बस्ने प्रेमबहादुर अर्जेल अपराधको गम्भीरता र सजायको मात्राबिच सामञ्जस्यता र तादात्म्यता न्यायोचित र अपेक्षित हुन्छ । कसुर गर्दाको अवस्था र अपराधमा आरोपितको संलग्नता र भूमिकासमेतलाई दृष्टिगत गरी सजायको मात्रा निर्धारण गर्दा नै न्यायको मकसद पूरा हुन जान्छ । यो मान्यतालाई नजर अन्दाज गरी कसुर स्थापित हुँदैमा कानूनबमोजिमको अधिकतम हदको सजाय गर्दा न्यायको मकसद मर्न गई अन्यायपूर्ण अवस्थाको सिर्जना हुने खतरा रहने । (प्रकरण नं.१५) वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता हरिप्रसाद जोशी प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, विद्वान्‌ अधिवक्ता श्री नरबहादुर योगी अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या.श्री कुमारप्रसाद पोखरेल मा.जिल्ला न्या.श्री शेखरप्रसाद पौडेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री केशरमान पति मा.न्यायाधीश श्री दामोदरप्रसाद प्रजापती माननीय न्यायाधीश डा. श्री कुलरत्‍न भुर्तेल मा.न्यायाधीश श्री भरतप्रसाद अधिकारी पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री सुशिला कार्की फैसला न्या.डा.आनन्दमोहन भट्टराई : पुनरावेदन अदालत पाटनको मिति २०६०।१।९ र मिति २०६९।१२।११ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने छुट्टाछुट्टै निवेदनमा न्याय प्रशाशन ऐन, २०४८ को दफा १२(१)(ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भई पेस हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:- तथ्य खण्ड नेपालबाट उलन ज्याकेटमा लुकाई छिपाई एयर कार्गो गरी क्यानाडा पठाएको तथा क्यानाडा टोरन्टो अन्टरियोमा १७ जनवरी १९९८ मा बरामद भएको ५७६ के.जी लागु औषध चरेस नेपालबाट को कसले निकासी गरी क्यानाडा टोरेन्टोमा पठाएको हो सो पत्ता लगाई फेला पारेमा पक्राउ गरी दाखिला गर्नु भनी हामीलाई खटाई पठाएअनुसार सुराक पत्ता लगाई खोज तलास गर्दै जाँदा उक्त ५७६ के.जी. लागु औषध चरेस उलन ज्याकेटमा लुकाई एल्सा ट्रेड लिङ्कमार्फत कागजात तयारी गरी भन्सार क्लियर गर्ने व्यक्ति जिल्ला नुवाकोट मदानपुर गा.वि.स. वडा नं. २ बस्ने सिताराम कँडेल