निर्णय नं. १०५८५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५८५ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७५/०६/२३ २७७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।६।२३ ०७५-WH-००४८ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : तुलाराम रोकायाको नाति बसन्त रोकायाको छोरा दैलेख जिल्ला, पादुका गा.वि.स. वडा नं. ४ हाल परिवर्तित दुल्लु न.पा. वडा नं. ४ घर भइ नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा उपरजिस्ट्रार पदमा कार्यरत रही हाल अतियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा थुनामा रहेका वर्ष ४२ को धर्मराज रोकायाको हकमा रोमान्स राना विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं एउटा कसुर गरेको आरोपमा एक पटक सजाय पाएपछि वा सफाइ पाएपछि सोही कसुरमा पुनः मुद्दा चलाउने वा सजाय गर्न नहुने सिद्धान्त नै दोहोरो खतराको सिद्धान्त हो । यसले एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाई सजाय गर्न हुँदैन भन्ने मान्यता राख्दछ । यो दोहोरो खतराको सिद्धान्त यान्त्रिक रूपमा प्रयोग हुने विषय भने होइन । मुद्दाको आ-आफ्ना विशिष्टता हुन्छन् । कुनै पनि कानूनी एवं विधिशास्त्रीय सिद्धान्तको प्रयोग गर्नुअघि सम्बन्धित मुद्दाको तथ्यगत सन्दर्भ र तत्सम्बन्धी कानूनतर्फ दृष्टि दिनु आवश्यक हुने । वारदातको श्रृङ्खला (Chain of Crime) एउटै भए पनि त्यस्तो श्रृङ्खलामा भएका कार्यहरू फरक-फरक फौजदारी कानून सम्बन्धित विषय बन्न सक्ने । विद्युतीय कारोबार, ठगी र भ्रष्टाचार फरक-फरक फौजदारी कसुरजन्य कार्य हुन् । ठगी वा यस्तै अन्य अभियोगमा मुद्दा चलेको छ भने पनि त्यसमा भ्रष्टाचारको पनि कसुर गरिएको देखिने अवस्था छ भने भ्रष्टाचारतर्फ कारबाही चलाउनमा कुनै कानूनी बाधा नहुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री जगदिश घिमिरे विपक्षीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ न्याय प्रशासन ऐन, २०७३ भ्रष्टाचार निवारण ऐन, २०५९ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- निवेदक धर्मराज रोकाया नेपाल सरकारको निजामती कर्मचारीअन्तर्गत उपसचिव पदमा रही नेपाल सरकार उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा उपरजिस्ट्रार पदमा कार्यरत कर्मचारी हुनुहुन्छ । निजको कम्पनी रजिस्ट्रार कार्यालयमा दरबन्दी रहेकोले सोही कार्यालयमा कार्यरत रहने क्रममा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दर्ता रहेको प्रा.लि.नं. ५१३ को शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को नामबाट कम्पनी ऐन, २०६३ को तथा कम्पनी विद्युतीय (फाएलिङ) निर्देशिका, २०६९ को प्रक्रियाअन्तर्गत युजर आइडी लिने क्रममा सो कम्पनीको दर्ता प्रा.लि.नं. ५१३ बाट युजर आइडी लिनका लागि अनुरोध गरी सो कम्पनीका तर्फबाट प्रकाश विक्रम मिश्रले अख्तियारी लिएको कागजहरू युजर आइडी लिने र निज स्वयम्ले २०७५।३।२७ मा युजर आइडी परिवर्तन गरी उक्त शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को युजर आइडी प्रयोग गर्नु भएको रहेछ । शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को नामबाट युजर आइडी खोली सो आइ