निर्णय नं. १०५८७ - मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५८७ - मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ । भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०८/२५ २२५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।८।२५ ०७२-CI-१२७१ मुद्दा: मोही नामसारी गरी मोही प्रमाणपत्र पाऊँ । पुनरावेदक / वादी : जिल्ला महोत्तरी, साबिक ३ नं. बहादुरगन्ज हाल बेलगाछी गा.वि.स. वडा नं. २ मा बस्ने धैरज महतोको नाति सिताराम महतो नुनियाको छोरा जोगिन्द्र महतो नुनिया विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी, सम्सी गा.वि.स. वडा नं. ४ बस्ने मुगाई साहको छोरा सिताराम साह मोही हक प्राप्तिका लागि ऐनले तोकेको प्रक्रिया पूरा गरी सकेको अवस्थामा बाली बुझाएको रसिद भएको वा नभएको आधारमा हकवालाहरूलाई मोही हक प्राप्त गर्ने अधिकारबाट विमुख गराउन नसकिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगदेव चौधरी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव तथा अधिवक्ता श्री प्रेमकुमार ठकुरी अवलम्बित नजिर : ने.का.प.२०४५, अङ्क ५, नि.नं.३४५० सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने : भूमि सुधार अधिकारी श्री ओमबहादुर खड्का भूमि सुधार कार्यालय महोत्तरी पुनरावेदन तहमा फैसला गर्ने : मा.नि.मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री ईश्वरीप्रसाद घिमिरे पुनरावेदन अदालत जनकपुर फैसला न्या.प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छः- तथ्य खण्ड साबिक स्रेस्तानुसार जिल्ला महोत्तरी, ३ नं. बहादुरगन्ज गा.वि.स. वडा नं.२ अन्तर्गतको जिल्ला महोत्तरी, संग्रामपुर बस्ने देवधारी ग्वारको मानबहादुर सौ पश्चिम राधा सौ दक्षिणको ०-४-१६ जग्गा मेरो पिता सिताराम महतोले जोती कमाई भूमि सुधार कार्यक्रम लागु हुँदा १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जोताहा अस्थायी निस्सासमेत जग्गाधनी देवधारी ग्वार यादवको नामबाट प्राप्त गरी जग्गा जोती कमाई आएको हो । सोही जग्गा सर्वे नापी हुँदा जि.म. ३ नं. बहादुरगन्ज (बेलगाछी) गा.वि.स. वडा नं.२ क कि.नं. २४ को ०-४-१६ कायम भई फिल्डबुकको जोताहा महलमा निज पिताको नाम अंकित भई सहीछाप गरेको र निजले मोहीमा जोती कमाई आएकोमा मिति २०३३।१०।१५ का दिन निज परलोक भई हकखाने मृतककी श्रीमती मेरो आमा बृद्धिया देवीको पनि धेरै दिनअघि नै परलोक भइसकेपश्चात् हक खाने २ छोरा जेठा मेरो दाजु रामदेव महतो र कान्छा म वादी मात्र भएकोमा दाजु रामदेव महतोसमेतको मृत्यु भई म वादीले उक्त जग्गा जोती कमाई आएकोमा उक्त कि.नं.२४ कित्ताकाट भई कि.नं. २८३ र २८४ मा परिणत भई कि.नं.२८४ को ०-३-६१/२ जग्गा हाल प्रतिवादीका नाममा कायम रहेकोले उक्त जग्गा सिताराम महतोका नामबाट म वादीका नाममा मोही हक नामसारी गरी मोहीको प्रमाणपत्रसमेत पाउँ भन्नेसमेत बेहोराको वादीको फिरादपत्र । फिरादपत्रमा उल्लिखित जग्गा वादीले कहिले पनि कमाएका छैनन् । वादीले दाबी लिएको जग्गा मोहीमा कमाएको भए साल सालको कुतबाली बुझाएको प्रमाण हुनुपर्ने थियो । त्यस्तो कुनै प्रमाण छैन । वादी दाबीको जग्गा मेरो घरबारीको जग्गा हो र घरबारीको जग्गामा मोही लाग्न सक्दैन । वादीका बाबु सिताराम